शनिबार, वैशाख ८, २०८१

प्रदेश प्रहरीलाई सरकारको मोटरसाइकल सहयोग

प्रदेश २ सरकारले प्रदेश प्रहरीलाई मोटरसाइकल सहयोग गरेको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

जनकपुरधाम– प्रदेश २ सरकारले प्रदेश प्रहरीलाई मोटरसाइकल सहयोग गरेको छ। प्रदेशभित्र शान्ति सुरक्षा मजबुत बनाउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारले प्रदेश प्रहरीलाई २४ थान मोटरसाइकल हस्तान्तरण गरेको हो।

triton college

शुक्रबार एक कार्यक्रमबीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीलाई मोटरसाइकल हस्तान्तण गरेका छन्।

मोटरसाइकल हस्तान्तरण गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले साधनस्रोतको अभावमा पनि नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न प्रशंसनीय काम गरिरहेको बताए। प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रदेश प्रहरी कटिबद्ध रहेको र यसतर्फ कुनै कसर बाँकी नराखिने यादवको भनाइ थियो।

प्रदेश प्रहरी प्रमुख कार्कीले प्रदेश सरकारले हस्तान्तरण गरेको मोटरसाइकलको सदुपयोग गरि प्रदेशभित्र शान्ति सुरक्षा कायम गर्न हरसमय तत्पर रहेको बताए। सीमित साधन स्रोतका बाबजुद प्रहरीले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको उनले बताए।

प्रकाशित: Mar 06, 2020| 09:10 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।