शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • तिलोत्तमामा महिला मृत फेला, पतिको संलग्नता दाबी गर्दै छानबिन माग

तिलोत्तमामा महिला मृत फेला, पतिको संलग्नता दाबी गर्दै छानबिन माग

रुपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेपछि हत्याको दाबीसहित छानबिन गर्न माइती पक्षले माग गरेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

बुटवल– रुपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेपछि हत्याको दाबीसहित छानबिन गर्न माइती पक्षले माग गरेका छन्। 

triton college

तिलोत्तमा नगरपालिका वडा नंं ५ की २७ वर्षिया सीता भण्डारी पौडेलको भदौ १९ गते राति शव भेटिएको थियो। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मृतकको माइती पक्षले घरको परिवारको योजनामा आफ्नो छोरीको हत्या भएको भन्दै छानविन गर्न माग गरेका हुन्। श्रीमान् टीका पौडेलले हत्या गरी झुन्ड्याएको वहाना गरेको माइती पक्षको आरोप छ । 

शवको प्रकृति र घटनाक्रम हेर्दा आत्महत्या हुनै नसक्ने मृतकका बुबा हरिप्रसाद भण्डारीले बताए। अनुहारमा रगत लतपतिएको दृश्यले हत्या नै भएको उनको भनाइ छ। घटनाबारेमा इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी दर्ता नगरेको भण्डारीले बताए। 

मृतकका श्रीमानले तानसेनमा दरबार रिसोर्ट सञ्चालन गर्दै आएका छन्। मृतकका देवर हरि पौडेल तिलोत्तमा नगरपालिका वडा नंं. ५ का वडा सदस्य हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक मदन कुँवरले पोष्टमार्टम रिपोर्टमा आत्महत्या गरेको देखिएकाले किटानी जोहरी लिन नसकिने बताए। घटनाक्रमलाई नियाल्दा श्रीमानको व्यवहारले आत्महत्या गर्न बाध्य पारेको हुनसक्ने भन्दै अनुसन्धान त्यहि अनुसार गरिएको उनले बताए।

प्रकाशित: Sep 07, 2021| 16:31 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।