बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमण रोक्न सरकारले बनायो यस्तो योजना

सरकारले कोरोना भाइरस(कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सीमा नाकाहरुमा निगरानी बढाउने भएको छ। कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा निगरानी बढाउने निर्णय गरेको हो।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं  सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सीमा नाकाहरुमा निगरानी बढाउने भएको छ। कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा निगरानी बढाउने निर्णय गरेको हो।

triton college

बैठकले बोर्डरहरुमा हेल्थ डेस्क राख्ने तथा क्वारेन्टाइन भवनहरु निर्माण गर्ने विषयमा समेत छलफल गरेको छ। संक्रमण भित्रिन नदिन तत्काल चाल्नुपर्ने कदमहरुका विषयमा बैठकमा मुख्य रुपमा छलफल भएको थियो। समितिको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित र कडा बनाउने निर्णय गरेको छ भने नेपाल-भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली पठाउने निर्णय गरेको छ। यस्तै अत्यावश्यक सेवाहरुको प्रबन्ध गर्ने तथा आवश्यक औषधीहरु भारतबाट मगाउने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा सहभागी रक्षामन्त्री ईश्वर पोखरेलले भने, 'बाहिरबाट आएकाहरुलाई व्यवस्थित र ठीक ढङ्गले जाँच गर्ने, सङ्क्रमण प्रभावित व्यक्ति भरसक आउन नदिने र जनसचेतना कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइनेछ।'

कोरोनासँग सम्बन्धित काममा बढी ध्यान दिनसमेत बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। सरकारले यसअघि नै धेरै सङ्ख्यामा उपस्थित भएर गरिने कार्यक्रम नगर्न भनिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।

बजारमा मास्क अभाव हुने सम्भावना रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घसँगको समन्वयमा तत्कालै उत्पादन गर्ने विषयमा सरकार गम्भीर रहेको उपप्रधानमन्त्री पोखरेलले बताए। 'सस्तोमा मास्क उत्पादन गर्न छलफल भइरहेको छ, अनुदान दिनुपर्ने विषयमा पनि राज्य गम्भीर छ', पोखरेलले भने,'राज्यले कुनै पनि वस्तुको अभाव हुन दिँदैन, अभाव नहोस् भन्नेमा सावधानी अपनाएको छ।'

corrent noodles
Metro Mart

नेपालमा गत माघ ९ गते चीनको सबैभन्दा बढी सङ्क्रमण फैलिएको उहान प्रान्तबाट आएका एक जनामा सङ्क्रमण देखिएको थियो। उनी अहिले कोरोनामुक्त रहेको र त्यसपछि अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Mar 05, 2020| 10:36 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।