बिहीबार, वैशाख ६, २०८१

कर्णालीका स्थल नाका र विमानस्थलमा कोरोना हेल्प डेस्क

बिहीबारदेखि सुर्खेत विमानस्थलमा हेल्प डेस्क राखिएको छ । काठमाडौंबाट भित्रने यात्रुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यले विमानस्थलमा डेस्क राखिएको हो ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

सुर्खेत । विश्वका धेरै देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भित्रन नदिन कर्णालीमा विशेष तयारी थालिएको छ । कोरोनाबाट जोगिन कर्णाली भित्रिने मुख्य नाका र विमानस्थलमा हेल्प डेस्क स्थापना गरिएको छ ।

triton college

बिहीबारदेखि सुर्खेत विमानस्थलमा हेल्प डेस्क राखिएको छ । काठमाडौंबाट भित्रने यात्रुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यले विमानस्थलमा डेस्क राखिएको हो ।

कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लासहित चार वटा नाकामा पनि हेल्थडेस्क स्थापना गर्न लागिएको छ । तिब्बतसँग सीमाना जोडिएको हुम्लाको हिल्सा, ५ नम्बर प्रदेशसँग जोडिएको बबई र तीन नाकामा स्थानमा चेकजाँच गरिनेछ । यसका लागि यी स्थानमा हेल्थ डेस्क राख्ने तयारी प्रदेश सरकारले गरेको छ ।

यी नाकामा औषधीसहित खटिने टोलीले आवतजावत गर्ने नागरिकहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र शंकास्पद विरामीलाई स्वास्थ्य चेकजाँच पनि गर्नेछन् । हेल्थ डेस्कमा आवश्यक सामग्री तथा औषधिहरु तत्काल हिल्सा नाकामा पठाउने तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन् ।

यस्तै प्रदेश अस्पताल सुर्खेतमा पनि कोरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न दुई बेडसहितको विशेष कक्ष स्थापना गरिएको छ । एक साताअघि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेष वैठकबाट प्रदेशमा कोभिड–१९ भित्रिन नदिन तयारी थाल्ने निर्णय गरेको थियो ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 05, 2020| 10:31 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।