सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको उद्घाटन गरे ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरियो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङले संस्थाकी अध्यक्ष बिष्णु थापालाई प्रदान गरेका थिए ।