गोरखा- गोरखाको आरुघाट गाउँपालिका–१ धोर्चेतमा भीरबाट जीप खस्दा वडा सचिवको मृत्यु भएको छ ।
बा १ च ५५०५ नम्बरको बोलेरो जीप सडकबाट दुई सय फिट तल खस्दा धार्चे गाउँपालिका– ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति साढे आठ बजे भएकाे दुर्घटनामा गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङसहित ६ जना घाइते भएका छन् ।
जीप चालक बालचन्द्र गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंङ गुरुङ, सुरज नेपाल र शर्मिला गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ ।
घाइतेमध्ये बालचन्द्र गुरुङको अवस्था गम्भीर छ। घाइतेहरूकाे स्थानीय स्वास्थ्य चौकीमा उपचारर भइरहेकाे र थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भएको प्रहरीले जनाएको छ ।