शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बल्लबल्ल भएको सहमति तोडिएको पौडेल समूहको निष्कर्ष, उपसभापतिको भेला बहिस्कार

बल्लबल्ल भएको सहमति तोडिएको पौडेल समूहको निष्कर्ष, उपसभापतिको भेला बहिस्कार

बुधबार बिहान नेता सिंहको चाक्सीवारीस्थित निवासमा पौडेल समूहका नेता तथा केन्द्रीय सदस्यहरु र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको भेला भएको थियो।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले समूहले पार्टीले आयोजना गरेको जिल्ला उपसभापतिहरुको भेला बहिस्कार गर्ने भएको छ।

triton college

पार्टीको प्रशिक्षण प्रतिष्ठानले बुधबार आयोजना गरेको एक दिने जिल्ला सभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय भएको नेता प्रकाशमान सिंहले जनाएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनलाई प्रभावित गर्ने गरी कार्यक्रमहरु गरिरहेकोले भेला बहिस्कार गर्ने निर्णय भएको सिंहले बताए।

बुधबार बिहान नेता सिंहको चाक्सीवारीस्थित निवासमा पौडेल समूहका नेता तथा केन्द्रीय सदस्यहरु र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको भेला भएको थियो।

उक्त भेलामा वरिष्ठ नेता पौडेले र महामन्त्री शंशाक कोइरालाले जिल्लाका उपसभापतिहरुलाई भेलामा सहभागी नहुन आग्रह गरेका छन्।

corrent noodles
Metro Mart

पार्टी महाधिवेशन केन्द्रीत हुनुपर्नेमा सभापति देउवाले एकलौटी गर्न थालेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन्।

बैठकपछि नेता सिंहले भने,‘निर्वाचन आचार संहिता र १४ औं महाधिवेशनलाई प्रभावित गर्ने विभाग पदाधिकारी नियुक्त भएको छ। बल्लबल्ल भएको सहमति तोड्ने प्रयास भएको छ। पार्टी महाधिवेशनमा केन्द्रीत हुनुपर्छ। थपिएको समयमा धाँधलीरहित तबरले महाधिवेशन सम्पन्न हुनु पर्छ। केन्द्रीय महाधिवेशनलाई प्रभावित गर्ने खालको कार्यक्रम भएकाले आजको कार्यक्रम बहिस्कार गर्ने निष्कर्ष निकालिएको छ।’

प्रकाशित: Mar 04, 2020| 07:09 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।