बुधबार, वैशाख १२, २०८१

६ जिल्लामा सवारी दुर्घटना, ८ को मृत्यु

देशभरका ६ जिल्लामा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन्।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– देशभरका ६ जिल्लामा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन्।

triton college

प्रहरीका अनुसार मुस्ताङ, सर्लाही, स्याङ्जा, रूपन्देही, सिन्धुली र पाल्पाका विभिन्न स्थानमा साेमबार र मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाएका हुन्।

मुस्ताङ, थासाङ गाउँपालिका–४, उपल्लो घाँसामा बेनी–जोमसोम सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा बा२क ५०३३ नम्बरको एक्साभेटरका चालकको घटनास्थलमै ज्यान गएको छ। ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बस्ने ५० वर्षीय अर्जुन दाहाल छन्।

सर्लाही, हरिवन नगरपालिका–४ गणेशीय चोकस्थित सडकमा ना८ख ८५२१ नम्बरको ट्रकले ना४८प १७०१ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका बस्ने २२ वर्षीय रोशन भुजेलको घटनास्थलमै मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।

यसैगरी सर्लाही, रामनगर गाउँपालिका–६, मलघट्टास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट धनकौल गाउँपालिका–४ महिनाथपुर बस्ने ४५ वर्षीया मुलरी देवीको सोमबार मृत्यु भएको छ। ठक्कर दिने मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

corrent noodles
Metro Mart

स्याङ्जा, बिरुवा गाउँपालिका–७, सुरुङस्थित सडकमा रा१त २१०० नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा युवकको घटनास्थलमै मृत्यु भएको छ। ज्यान गुमाउनेमा गर्ने बिरुवा गाउँपालिका–७, यादी बस्ने २६ वर्षीय वनध्वज गुरुङ छन्। उनी ट्याक्टरमा काम गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते ट्याक्टर चालकसमेत दुई जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ।

रूपन्देही, रोहिणी गाउँपलिका–४, सेमरहवास्थित सडकमा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा परासी, पालिनन्दन गाउँपालिका–३, झोलुङ्गे पुल बस्ने २२ वर्षीय रुपेश चौधरी र सोही ठाउँ बस्ने २३ वर्षीय हेमन्त चौधरी छन्।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको भिम अस्पताल, भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। लु४४प १०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लु२त ६४१२ नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सिन्धुली, दुधौली नगरपालिका–४, पचरुखीस्थित सडकमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा युवकको ज्यान गएको छ। दुर्घटनामा सोही नगरपालिका–११ बस्ने २२ वर्षीय बिनोद मग्रान्तिको ज्यान गएको हो। स१त ७६७६ नम्बरको ट्याक्टरलाई ना८ख ६२२१ नम्बकरो ट्रकले ओभरटेक गर्ने क्रममा सोमबार साँझ ट्याक्टर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा हुँदै थप उपचाका लागि जनसेवा अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याक्टर र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाल्पा, तानसेन नगरपलिका–५ तिलाकुरीमा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। दुर्घटनामा टिपर चालक नवलपरासी, सुनवल नगरपालिका–३ बस्ने ३२ वर्षीय मधु मर्पाङ मगरको घटनास्थलमै ज्यान गएको हो ।

लु२ख १८५४ नम्बरको टिप्पर मंगलबार बिहान सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 03, 2020| 07:15 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।