जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा यही फागुन १५ गते देखि १७ गतेसम्म ३ दिन आधारभूत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरिएकोे छ ।
उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो ।
सोही तालिममा बीमा अभिकर्ताको भूमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिइएको थियो । ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापूर्वक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।