शनिबार, वैशाख ८, २०८१

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनमा परी ८ जनाको ज्यान गएको छ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं । देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनमा परी ८ जनाको ज्यान गएको छ। काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

triton college

काठमाडौं, महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक काभ्रेका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा सिरानका २९ वर्षीय प्रकाश गुरूङ र अर्का एक जनाको बीर अस्पतालमा र स्कुटरमा सवार रामेछापका २४ वर्षीय आकाश कडेलको केएमसी अस्पतालमा उपचार भैरहेको छ।

यस्तै प्युठान, स्वर्गद्धारी नगरपालिका–२ स्थित सडकमा भे.१ च १७१५ नम्बरको जिप दुर्घटना हुँदा चालक रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का ३५ वर्षीय राम बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बिजौरी बस्ने ४५ वर्षीय नेप बहादुर बस्नेतको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ। जिप सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

बर्दिया, बाँसगढी नगरपालिका–५ मा ना.५६ प ३१९७ नम्बरको मोटरसाइकल भे.१ त ९२१५ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किदा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय अर्जुन सापकोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दियाकै, मधुवन नगरपालिका–९ मा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ४ वर्षीय बुद्धि दमाईको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकमा भे.१ त ८१७६ नम्बरको ट्याक्टर र भे.३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका–१० का ३३ वर्षीय यम बहादुर बिक र सोही ठाउँ बस्ने ३२ वर्षीय खगेन्द्र बिक छन्। दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सोही तुल बहादुर रजालीको नेपालगंज मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।

स्याङ्जा, कालिगण्डकी गाउँपालिका–१ हटियामा लु.४ त २५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका–७ का २३ वर्षीय विपिन योगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो।

सिन्धुली, कमलामाई नगरपालिका–१३ रुचानीमा अनटेष्ट ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले किच्दा ट्याक्टरका कामदार ४० वर्षीय बृषलाल माझीको मृत्यु भएको छ।

प्रकाशित: Mar 02, 2020| 08:36 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।