काठमाडौं- काठमाडौंको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा गोविन्द रिजाललाई ल्याएको छ।
रिजाल गृहमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए। पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो।
रिजालले यसअघि सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत जिल्लामा सिडीयोको जिम्मेवारी निर्वाह गरिसकेका छन्।