मंगलबार, वैशाख ११, २०८१

पत्रकार पौडेलको उपचारका लागि जुट्यो १४ लाख

विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारका लागि १४ लाख रुपैयाँ जुटेको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारका लागि १४ लाख रुपैयाँ जुटेको छ। पत्रकारहरुको अन्तर्राष्ट्रिय नेटवर्क (इन्जा), डिसी नेपाल डट कम र इनेप्लिज डट कमको आह्वानमा उक्त रकम संकलन भएको हो।

triton college

इन्जाले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आज उक्त रकम पौडेलको परिवारलाई हस्तान्तरण गर्न लागेको इन्जा एसियाका अध्यक्ष टंक पन्तले जानकारी दिएका छन्। हाललाई सहयोग संकलन स्थगित गरिएको इन्जाले जनाएको छ।

अचानक ब्लड क्यान्सर देखिएपछि पौडेललाई काठमाडौंको मीनभवनस्थित सिभिल हस्पिटलमा भर्ना गरिएको छ।

जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पौडेल नेपाल समाचारपत्र दैनिकमा जिल्ला ब्युरो प्रमुख थिए। त्यसपछि उनले विराटनगर फर्केर टेलिभिजनमा काम गर्न थालेका हुन्।

प्रकाशित: Mar 01, 2020| 06:19 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।