बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • देशद्रोहका आरोपित कन्हैयाले भने - कानुनको दुरुपयोग भैरहेको छ

देशद्रोहका आरोपित कन्हैयाले भने - कानुनको दुरुपयोग भैरहेको छ

भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु)मा देश विरोधी नारा लगाएको भन्दै भारतका विद्यार्थी नेता तथा जेएनयु विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारसहित १० जनामाथि देशद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ। सरकारको अनुमतिसँगै कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा चल्ने भएको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

नयाँ दिल्ली - भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु)मा देश विरोधी नारा लगाएको भन्दै भारतका विद्यार्थी नेता तथा जेएनयु विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारसहित १० जनामाथि देशद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ। सरकारको अनुमतिसँगै कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा चल्ने भएको छ।

triton college

यसैबीच सरकारको अनुमतिसँगै कन्हैया कुमारले उक्त मुद्दा चाँडो भन्दा चाँडो फास्ट ट्रयाक अदालतमा चलाउन माग गरेका छन्। उनले राजनीतिक लाभका लागि आफूमाथि यस्तो आरोप लागाइएको बताए। उनले भने ‘म एक फास्ट ट्रयाक कोर्टमा ट्रायल चाहन्छु। ताकी पूरा देशलाई यो थाहा होस् की कसरी राज्यद्रोह जस्तो कानुनको दुरुपयोग भैरहेको छ।’ उनले पहिलोपल्ट आफूविरुद्ध चार्जशीट दर्ता हुँदा आफू चुनावमा लड्ने तयारीमा रहेको र फेरि पनि विहारमा चुनाव हुनै लाग्दा आफूविरुद्ध यस्तो आरोप लगाइएको बताए।

सन् २०१६ फेब्रअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा कथित रुपमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो। यो विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बानलगायत अन्य सात जनालाई अभियुक्त बनाएर उनीहरूमाथि सन् २०१९ मा देशद्रोहको मुद्दा दायर गरेको थियो। प्रहरीले यसबारे अदालतमा आरोप पत्र दायर गरे पनि दिल्ली सरकारको अनुमतिविना मुद्दा चल्न सकेको थिएन। दिल्ली सरकारले उक्त समय दिल्ली प्रहरीले नियमको उल्लंघन गर्दै अनुमतिविना मुद्दा दायर गरेको भन्दै अनुमति दिएको थिएन।

 

प्रकाशित: Feb 29, 2020| 11:27 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।