बुधबार, वैशाख १२, २०८१

दिल्ली दंगामा मर्ने को थिए, जसका परिवार बेसहारा भए

पाँच दिनदेखि दिल्ली दंगाग्रस्त छ। २३ फेब्रुअरीको राती जाफराबाद मेट्रो स्टेशनमा भीड जम्मा भएपछि भडकीएको हिंसा, दंगामा रुपान्तरण भएको थियो।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

भारत- पाँच दिनदेखि दिल्ली दंगाग्रस्त छ। २३ फेब्रुअरीको राती जाफराबाद मेट्रो स्टेशनमा भीड जम्मा भएपछि भडकीएको हिंसा, दंगामा रुपान्तरण भएको थियो।

triton college

यस दंगामा हालसम्म ४२ जनाको मृत्युड भईसकेको छ भने ३५० भन्दा बढी घाईते भएका छन्।

मृत्यु् हुनेको संख्या रोकिनुको साटो झनै बढिरहेको छ। प्रहरीका अनुसार, मृत्यु हुनेहरुमध्ये धेरैजसो गोलीको शिकार भएका छन्। केही व्यक्तिको मृत्यु दंगा भड्काउनेहरुको कुटपिटका कारण भएको हो।

कतिलाई ज्युँदै जलाइएको थियो भने कतिलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

दंगामा ज्यान जाने धेरैजना गरिब परिवारका सदस्यहरु थिए। तीमध्ये कोही त आफ्नो परिवारका एक मात्र रोजगार व्यक्ति थिए भने कसैको हप्ता दिनअभि मात्रै बिवाह भएको थियो।

corrent noodles
Metro Mart

कसैका श्रीमती गर्भवती थिए भने कसैका घरमा परिवारका सदस्यहरु सिकिस्त बिमारी थिए।

अहिले मृत्यु हुनेमध्ये ३२ जनाको सनाखत भईसकेको छ। को थिए त् दंगाका शिकार हुनेहरु मृतकहरु?

१) शाहीद अल्वी। वर्ष २४

बुलन्दशहर बसोबास गर्ने शाहीद अटोरिक्सा चालक थिए। दंगा भड्काउनेहरुले उनको पेटमा गोली प्रहार गरेका थिए। चार महिना पहिले मात्र शाहीदको बिवाह भएको थियो। उनकी पत्नी शाजिया गर्भवती छिन्।

२) मोहम्मद फुरकान। वर्ष ३२

भारतको उत्तर प्रदेश घर भएका फुरकान विवाहको श्रृंगारको काम गर्थे। उनका परिवारमा उनकी पत्नी, ४ वर्षकी छोरी र साढे तीन वर्षको छोरा छन्। फुरकानमाथि भीड दंगा भड्काउने भिडको आक्रमणमा हत्या भएको थियो।

३) राहुल सोलंकी। वर्ष २६

सिभिल ईन्जीनियरिङ्गको पढाई सकेर एक निजी कम्पनीमा काम गर्थे। दंगा भड्काउनेहरुले उनीमाथि गोली प्रहार गरेका थिए। उनका पिता हरि सिंह सोलंकीका अनुसार राहुलकी ठूली दिदीको आउँदो अप्रिल महिनामा बिवाह हुने तय भएको थियो।

४) अशफाक हुसैन। वर्ष २२

अशफाक इलेक्ट्रिशियन थिए। दंगा भड्काउनेहरुले उनलाई ५ राउण्ड गोली प्रहार गरेका थिए। गत ११ फरवरीमा अशफाकको बिवाह भएको थियो।

५) विनोद कुमार। वर्ष ५०

घोडाचोकस्थित अरविन्द नगर बस्ने विनोदका परिवारमा पत्नी सहित दुई छोराहरु छन्। विनोद आफ्नो जेठा छोरा नितिनका साथ घर बाहिर निस्किएका थिए।

त्यतिबेलै दंगा भड्काउनेहरुले उनीमाथि हमला गरेका थिए। हमलामा विनोदको मृत्यु भयो भने उनका छोरा नितिन घाईते हुन पुगे। दंगा भड्काउनेहरुले उनको मोटरसाइकल पनि जलाई दिएका थिए।

६) दिनेश कुमार। वर्ष ३५

दिनेश सवारी चालक थिए। त्यसैबाट उनको परिवारको गुजारा चल्दै आएको थियो। दिनेशलाई झन्डै ८ घण्टा भेण्टिलेटरमा राखी उपचार गरिए पनि उनको ज्यान बच्न सकेन। उनका परिवारमा उनी सहित चार सदस्यहरु छन्।

७) अकबरी। वर्ष ८५

दिल्लीको गामरीगाउँमा बस्थिन् अकबरी। उनका छोरा मोहम्मद सईद घरमै कपडाको दोकान चलाऊँथे। दंगा भड्काउनेहरुले उनको घरमा आगजनी गरिदिँदा उनी घर मै थिइन्। घरसंगै उनको पनि जलेर मृत्यु भयो।

८) रतन लाल। वर्ष ४२

राजस्थानको सिकरका स्थायी बसिन्दा रतनलाल दिल्ली प्रहरीका सिपाही थिए। भिड नियन्त्रण गर्ने क्रममा उनको हत्या भएको थियो।

९) अंकित शर्मा। वर्ष २५

अंकित भारतीय गुप्तचर ब्युरो (आईबी) मा सहायक कर्मचारीको रुपमा काम गर्थे। उनी धेरै दिनदेखि बेपत्ता थिए तर केही दिनअघि मात्र उनको शव चांदबाग इलाकामा फेला परेको थियो।

१०) राहुल ठाकुर। वर्ष २३

भजनपुरा इलाकामा बसोबास गर्ने राहुल आउँदो अप्रिलमा हुने निजामती सेवाको परिक्षाको तयारी गरिरहेका थिए। दंगाको बेला राहुलको छातीमा गोली लाग्यो र अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो।

प्रकाशित: Feb 28, 2020| 20:51 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।