बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • फरक धारको राजनीतिक शक्तिको रूपमा स्थापित भएका छौं : मिश्र

फरक धारको राजनीतिक शक्तिको रूपमा स्थापित भएका छौं : मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टी फरक धारको राजनीतिक शक्तिको रूपमा स्थापित भएको दाबी गरेका छन्।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

भैरहवा– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टी फरक धारको राजनीतिक शक्तिको रूपमा स्थापित भएको दाबी गरेका छन्।

triton college

लुम्बिनीमा सुरु राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक मिश्रले भने, “२०४६ सालपछि नेपालमा धेरै मन र धन भएकाहरूले विभिन्न पार्टी खोलेर वैकल्पिक शक्ति बन्ने कोसिस गरेका थिए। तर, सफल भएनन्। हामी तीन वर्षमै नेपालमा वैकल्पिक राजनीतिक गुरुत्वाकर्षणको केन्द्रमा छौं। फरक धारको राजनीतिक शक्तिको रुपमा स्थापित भएका छौं।”

संयोजक मिश्रले अन्य पार्टीभन्दा साझा पार्टी धेरै कारणले राम्रो र अब्बल भएको दाबी गरे। उनले भने, “दलहरू चन्दा उठाएर चलिरहेका छन्। सुसंस्कृत छैनन्। तर, हामी त्योभन्दा फरक ढंगले चल्दैछौं। हाम्रा सदस्यहरू पेशा व्यवसाय पनि गर्नुपर्छ।”

देशभरिबाट प्रतिनिधिमूलकरूपमा उपस्थिति भएका सदस्यहरूलाई सम्बोधन गर्दै उनले पार्टी निर्माणको क्रममा आएका कठिनाइलाई चिरेर अगाडि बढ्नुपर्ने बताए।

उनले उपनिर्वाचनको परिणामको चर्चा गर्दै ‘सगरमाथाको चुचुरोमा पुग्न बारम्बार ओरालो पनि झर्नुपर्छ’ भन्ने कुरालाई बिर्सन नहुने बताए। 

corrent noodles
Metro Mart

पार्टी निर्माण सामान्य नभएको उल्लेख गर्दै देश निर्माण गर्ने फरक धारको पार्टी बनाउने गरी सबैजना विभिन्न चुनौतिलाई चिर्दै अगाडि बढ्नुपर्ने उनकाे भनाइ छ। उनले भने, “समस्यारहित पार्टीको परिकल्पना गर्नु हुँदैन। सामान्य ७/८ जनाको परिवारमा त विमति हुन्छ भने सिंगो पार्टीमा हुनु स्वभाविक हो।”

कार्यक्रममा पार्टी प्रवक्ता सूर्यराज आचार्य, संगठन विभाग प्रमुख केशव दाहाल, राजनीतिक समिति प्रमुख मुमाराम खनाल, नेताहरू किशोर थापा, शोभा शाक्य, अनुपमान सैजु, शरदराज पाठकलगायतले साझा पार्टी नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित भइसकेको बताए।

लुम्बिनीको ५ नम्बर गेट अगाडिको बसपार्कमा सञ्चालन भइरहेको भेला लुम्बिनी घोषणापत्र जारी गर्दै फागुन १७ गते सकिने बताइएको छ।

प्रकाशित: Feb 28, 2020| 08:56 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।