शनिबार, वैशाख ८, २०८१

एमसीसी सैन्य रणनीति हो : दाहाल

 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं– नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी अमेरिकी ‘सुपर पावर’ लाई संसारमा कायमै राख्ने सैन्य रणनीतिका रूपमा आएकाले यसलाई जस्ताको जस्तै अनुमोदन नगरिएकाे बताएका छन्।

triton college

उनले दक्षिण एसियाली मुलुकमा आफ्नाे प्रभुत्व कायम राख्ने अमेरिकी चाहनाअनुसार अमेरिकाले एमसीसी ल्याएकाे भनाइ राखे।

उनले नेकपा बागमती अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण समारोहमा बिहीबार सम्बोधन गर्दै भने, ‘त्यसैले मुलुकको हित अनुकूल छ छैन भनेर हामीले निक्र्योल गर्यौं। मुलुकको हित अनुकूल हुने गरी संशोधन गर्न कार्यदल गठन गरेका छौ । अब हितमा हुने गरी अगाडि बढाइनेछ।’

दाहालले भारतसँगको सीमा विवाद संवादबाट समाधान हुने बताए।

उनको पार्टीमा मतभेद र बहस हुनु स्वाभाविक भएकाले यसमा विभाजन हुन्छ भनेर नसोच्न कार्यकर्तालाई आग्रह गरे।

corrent noodles
Metro Mart

उनले भने, ‘हामी धेरै संघर्षपछि अहिलेको अवस्थामा आइपुगेका हौं। यसमा धेरै जनताको विश्वास छ। हामी यसलाई विघटन हुन दिने छैनौं ।’

उनले भने ‘कम्युनिस्ट पार्टी जमेको पोखरीको पानीजस्तो होइन। यसले संघर्षमा विश्वास गर्ने, बहसमा विश्वास गर्ने हो।’

अध्यक्ष दाहालले नेकपामा नेपाल राज्यको भाग्य र भविष्य जोडिएकाले एकढिक्का भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे। 

प्रकाशित: Feb 27, 2020| 16:15 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।