शनिबार, वैशाख ८, २०८१

उखु किसानले पाउन थाले पैसा, एउटा उद्योग अझै बन्द

सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ। उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु. ३५ करोड भुक्तानी गरिसकेको छ ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ। उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु. ३५ करोड भुक्तानी गरिसकेको छ ।

उद्योगले हरेक १५–१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कूल रु ३५ करोड मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशङ्कर चिनी उद्योग हो ।

triton college

गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवातको रकम रु ६५.२८ का दरले हुनआउने रु २२ करोड ८३ लाख ७१ हजार ८६१.६ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशङ्कर चिनी उद्योग लिमिटेड बदनाम भएको रजकको भनाइ छ । सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ ।

आफूहरुले किसानलाई समयमै चेक दिएको भए पनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले बताए । एनआइसी एशिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उनको भनाइ छ । आफूहरुले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआइसी एशिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताए । खाता नम्बर यकिन गरी काम गर्न २–३ दिन लाग्ने भएका कारण ढिला भएको उनले बताए । छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत शुरु गरिएको उनले बताए ।

कूल ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ सञ्चालन शुरु गरेको उद्योगले ब्लक बनाएर उखु क्रसिङ गरिरहेकामा हालसम्म २३ लाख क्विन्टल उखु क्रसिङ गरी सकिएको रजकले बताए । अघिल्लो वर्षको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी धमाधम दिन शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरु गरे पनि सरकारबाट पाउने रकममा आलटाल भइरहेको मैनालीले बताए ।

सर्लाहीमा तीन चिनी उद्योग रहेको भए पनि हाल दुई मात्र सञ्चालनमा छन् । इन्दु शङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन् भने किसानको भुक्तानी बाँकी राखेको अन्नपूर्ण चिनी उद्योग धनकौल अहिले बन्द छ । किसानलाई एकातिर उखुको भुक्तानी नपाउने चिन्ता रहिरहेको समयमा खेतमा रहेको उखु क्रसिङ गर्न कृषि मजदुर नपाउने समस्या त्यत्तिकै छ ।

corrent noodles
Metro Mart

जसका कारण उखु उत्पादक किसानले समयमै उखु काटेर चिनी उद्योगसम्म पुर्याउन नसक्दा उखु खेतमै सुक्न थालिसकेको छ । वर्षदिनभरि मेहनत गरेर उत्पादन गरेको बाली मुखमा आएर खेतमै सुक्ने अवस्थामा पुग्दा किसान थप मारमा परेका छन् । गाउँघरमा रहेका युवाशक्ति स्वदेशमा रोजगारीको सिर्जना नभएको भन्दै विदेश गएपछि अहिले गाउँमा युवा मजदुरको अभाव छ । खेतबारीमा काम गर्ने कृषि मजदुरको अभावपछि अहिले आफ्नो परिवारमा रहेका सबै सदस्य नै खेतबारीमा खटिन बाध्य छन् । कतिपयका आफ्ना जवान छोरा पनि वैदेशिक रोजगारीका लागि विदेश जाँदा अहिले वृद्धवृद्धा मात्र घरमा रहेका र खेतबारीमा काम गर्न बाध्य भएका छन् ।

गाउँमा कृषि मजदुरको अभाव भएपछि काम लगाउने ठेकेदारले आफ्नो मनोमानीमा ठेक्का लिने गरेका कारण आफूहरु थप मारमा परेको किसानको गुनासो छ । मजदुरको ज्यालामा आफुहरुको खर्च बढिरहेको किसानले बताएका छन् । सामान्य तरकारीदेखि उखुखेतीसम्म कृषि मजदुरको अभाव प्रत्यक्ष परेको किसानले बताएका छन् ।
रासस

प्रकाशित: Feb 26, 2020| 08:28 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।