शुक्रबार, वैशाख ७, २०८१

मौसमविद् भन्छन्- अब दिनहुँजसो चट्याङसहित वर्षा

प्रि मनसनुन गतिविधि सुरु भएकाले देशका विभिन्न ठाउँमा दिनहुँजसो चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– केहि दिन यता देशका विभिन्न भागमा चट्याङसहित हुँदै आएको वर्षाले आज (मंगलबार) पनि निरन्तरता पाउने भएको छ ।

triton college

प्रि मनसनुन गतिविधि सुरु भएकाले अब देशका विभिन्न ठाउँमा दिनहुँजसो चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार आज (मंगलबार) र भोलि (बुधबार) देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको उनले जानकारी दिए ।

अहिले पोखरादेखि पश्चिमका क्षेत्रमा वर्षा भइराखेको छ । खासगरी नेपालगन्ज, सुर्खेत, दाङलगायतका क्षेत्रमा वर्षा भइरहेको उनले बताए ।

corrent noodles
Metro Mart

काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा भने दिउँसो २/३ बजेपछि मौसम बद्लिभइ वर्षा हुने सम्भावन रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने देखिएको छ भने केहि ठाउँमा चट्याङ पनि पर्ने सम्भावना रहेको उनको अनुमान छ । उनका अनुसार यो क्रम भोलि (बुधबार) पनि जारी रहने छ ।

बिहीबार र शुक्रबार मौसम सफा हुनेछ भने शनिबार र आइतबार पुनः चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रि मनसनुन गतिविधि सुरु भएकाले यस्तो क्रम चलिरहने उनले बताए ।

 

प्रकाशित: Feb 25, 2020| 08:19 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।