शुक्रबार, वैशाख ७, २०८१

ट्रम्प-मोदी मिलनको उद्देश्य

यो पूरा यात्रा आयोजनाको मुख्य पक्ष अहमदाबादमा आयोजित ‘रोड सो’ र नमस्ते ट्रम्प कार्यक्रम नै हो।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं- ३६ घण्टे भ्रमणका लागि सोमबार भारत आइपुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अहमदाबाद, आगरा हुँदै बास बस्न दिल्ली पुग्दैछन् ।

triton college

१ लाख १० हजार सिट क्षमताको विश्वकै ठूलो दाबी गरिएको अहमदावादस्थित मोटेरा रंंगशालामा ट्रम्पको स्वागतमा ‘नमस्ते ट्रम्प’ नामक कार्यक्रम आयोजना गरेर मोदीले गत सेप्टेम्बरमा आफूले अमेरिकामा पाएको ‘हाउडी मोदी’ को गुन तिरेका छन्।

नयाँ रंगशालाबाट सम्बोधन गरेका ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीको खुलेर प्रशंसा गरे।

पत्नी, छोरी र ज्वाइँसहित भारत आएका ट्रम्पले आजै आगरामा ताजमहल परिसरबाट सूर्यास्तको मनोरञ्जन लिए।

वर्तमान विश्वको पहिलो र पाँचौ ठूलो अर्थतन्त्रका यी दुवै दक्षिणपन्थी प्रमुखलाई आगरामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए। आगरामा ताजमहल हेर्ने बाहेक ट्रम्पका लागि अन्य कार्यक्रम तय थिएन।

corrent noodles
Metro Mart

मोदीको गृह–राज्य गुजरातको अहमदाबादमा ‘रोड सो’, उत्सव, र्‍याली र ताजमहलको अवलोकन साथै दिल्लीमा केही नियमित औपचारिक कार्यक्रमबाहेक यो यात्राको के अर्थ छ त?

दिल्लीमा ट्रम्पले सामान्य औपचारिक कार्यक्रममा सहभागिता जनाउनेछन् । मंगलबार अपराह्न प्रधानमन्त्री मोदीसँग छलफलपछि साँझ स्वदेश फर्किनेछन्।

प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच केही सम्झौतामा हस्ताक्षर हुने र संयुक्त वक्तव्य पनि जारी हुने बताइएको छ। यद्यपि, अमेरिका र भारतबीच कुनै ठूलो सम्झौता नहुने यसअघि नै ट्रम्पले बताइसकेका छन्।

यात्राको केही दिनअघि ट्रम्पले ‘भारतले अमेरिकासँग राम्रो व्यवहार नगरेको’ भन्दै भारतीय व्यापार नीतिको आलोचना पनि गरेका थिए।
उसो भए ट्रम्प–मोदी मिलनको उद्देश्य के हो त ?

समीक्षकहरुका अनुसार यो पूरा यात्रा आयोजनाको मुख्य पक्ष अहमदाबादमा आयोजित ‘रोड सो’ र नमस्ते ट्रम्प कार्यक्रम नै हो। कार्यक्रमका माध्यमबाट ट्रम्प अमेरिकामा आगामी केही महिनाभित्र हुने निर्वाचनलाई प्रभावमा पार्न चाहन्छन्। उनी आफू विश्वमा सम्मानित रहेको सन्देश दिएर गिर्दो साख उचाल्न चाहन्छन्।

मोदीसँगै उभिएर लाखौं भारतीयलाई सम्बोधन गरेका ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिकको मत पनि जित्नु छ। आसन्न अमेरिकी निर्वाचनमा अमेरिकामा रहेका भारतीय मूलका करिब ४५ लाख मतदाताको मत आफूतिर तानेर उनी फेरि सत्तामा जाने रणनीतिमा छन्।

अमेरिका र भारतबीच व्यपारिक सम्झौताको जहाँसम्म कुरा छ, अमेरिका भारतको दूध र कुखुरा बजार उसका लागि खुला गरियोस् भन्ने चाहन्छ। अमेरिकी कम्पनीले बनाएका चिकित्सा उपकरणको मूल्यमा भारतबाट लगाइएको नियन्त्रणलाई पनि अमेरिका हटाउन चाहन्छ।

त्यस्तै भारत अमेरिकी औद्योगिक कम्पनीले भारतमा डेटाबेस स्थापित गरून् भन्ने चाहन्छ। भारतीय कृषि उत्पादन र औषधिका लागि अमेरिकी बजार खुला गरिनुपर्ने भारतको माग छ। तर, यी विषयमा अहिले सम्झौता हुने सम्भावना देखिएको छैन।

दुई प्रधानमन्त्रीबीच रक्षासम्बन्धी केही सम्झौतामा हस्ताक्षर हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ट्रम्प भ्रमणको अर्को उद्देश्य इन्डो प्यासिफिक रणनीति (आईपीएस) को दक्षिण एसियाली मुख्य साझेदारका रूपमा भारतलाई स्थापित गर्ने देखिन्छ। जसका माध्यमबाट अमेरिका एसियाली क्षेत्रमा चीनको बढ्दो प्रभावलाई मत्थर पार्न चाहन्छ।

उता गृह–राज्यमा आयोजित भव्य कार्यक्रममा विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पलाई सहभागी गराएर मोदी आफ्नो राजनीतिक विरासत जोगाइराख्न र गुजरातीका माझ आफूलाई शक्तिशाली साबित गर्न चाहन्छन्।

दुई शक्तिशाली दक्षिणपन्थी नेताले आफ्नो शक्ति र पोजिसन कायम राख्नु नै यो भ्रमणको उद्देश्य देखिन्छ।

प्रकाशित: Feb 24, 2020| 18:12 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...