काठमाडौं- एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप खेल्न नेपली राष्ट्रिय टोली बिहीबार थाइल्यान्ड जाने भएको छ।
एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने इस्र्टन रिजनमा भाग लिन नेपाली टोली त्यसतर्फ जान लागेको हो।
प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तालिम गरिरहेका छन्। अन्तिम तयारी गरिरहेका १४ सदस्यीय नेपाली राष्ट्रिय टोली १५ गते त्यसतर्फ जान लागेको हो।
प्रतियोगितामा नेपाली टोली उपाधि जित्ने लक्ष्यमा हुने कप्तान ज्ञानेन्द्र मल्लले बताए।
इस्टन रिजनमा नेपाल, थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्। नेपालबाहेक कुनै एसोसिएट नेशन प्रतियोगितामा छैनन्। जसकारण यी सबै टोलीको तुलनामा नेपाल केही बलियो छ।
नेपाली टोली
ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन्।