बिहीबार, वैशाख १३, २०८१

बैंक अफ काठमाण्डूको सहज बचत खाता सार्वजनिक

 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम लाभलाई मध्यनजर गर्दै ‘बीओ सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो ।

triton college

२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै भन्ने मूल नाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकले रु. २५ मा नै खोल्न सक्नेछन्। उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन् ।

वार्षिक ६% ब्याजदर, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था जस्ता विशेषता यस खाताका रहेका छन्।

 

प्रकाशित: Feb 24, 2020| 12:31 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्