शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनामा विश्वभर हरेक वर्ष १३ लाखको मृत्यु, ५ करोड घाइते

दुर्घटनामा विश्वभर हरेक वर्ष १३ लाखको मृत्यु, ५ करोड घाइते

सडक सुरक्षाबारे स्वीडेनको राजधानी स्टोकहोममा संयुक्त राष्ट्र संघ सदस्य मुलुकहरुको मन्त्रीस्तरीय सम्मेलन हालै सम्पन्न भएको छ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं- सडक सुरक्षाबारे स्वीडेनको राजधानी स्टोकहोममा संयुक्त राष्ट्र संघ सदस्य मुलुकहरुको मन्त्रीस्तरीय सम्मेलन हालै सम्पन्न भएको छ। जसमा सडक दुर्घटनामा हुने मृत्युमा सन् २०३० सम्म ५० प्रतिशत कम गराउने घोषणा गरिएको छ।

triton college

सम्मेलनले निकालेको निष्कर्षअनुसार सडक दुर्घटनामा हरेक वर्ष १३ लाख भन्दा बढीको मृत्यु हुन्छ भने ५ करोड भन्दा बढी मानिस घाइते हुने गरेका छन्। जसका कारण विश्वभरको घरेलु उत्पादनमा ३ प्रतिशतसम्म नोक्सान हुने गरेको छ।

सडक सुरक्षा विकास र स्वास्थ्यसँग जोडिएको एउटा प्रमुख विषय हो। विश्वव्यापी रुपमा सबै आयु वर्गमा मृत्युको संख्याको मामिलामा सडक यातायात सम्बन्धी दुर्घटना आठौँ स्थानमा छन्। जबकि पाँचदेखि २९ वर्षको उमेर समूहका व्यक्तिको सबैभन्दा पहिलो कारण सडक दुर्घटना हुने गरेको छ।

संसारभर सडकमा ९३ प्रतिशत मृत्यु निम्न एवम मध्यम आय भएका देशमा हुने गरेको छ।

घोषणापत्र पारित

corrent noodles
Metro Mart

सडक सुरक्षामा ‘स्टोकहोम घोषणा पत्र’ पारित गर्दै सुरक्षाबारे दिगो विकास लक्ष्य २०३० एजेण्डालाई पूर्णरुपमा लागु गर्ने संकल्प गरिएको छ।

घोषणापत्रमा बलियो राजनीतिक इच्छाशक्ति, अन्तर्राष्ट्रिय सहयोग र समाजका विभिन्न वर्गमा साझेदारीलाई जोड दिइएको छ। साथै आगामी दश वर्षमा सडकमा हुने मृत्युमा कम्तीमा ५० प्रतिशत कम गर्ने लक्ष्य राखिएको छ।

सुरक्षित, स्वच्छ, किफायती र उर्जा दक्ष सवारी साधनलाई बढावा दिने विषयलाई मध्यनजर गर्दै जोखिम भएका क्षेत्रमा ३० किलोमिटर प्रतिघण्टाको गति निर्धारण गर्ने सहमति सम्मेलनमा गरिएको छ।

दुर्घटना रोकथाम सम्भव

मंगलबार र बुधबार चलेको यो सम्मेलनमा यातायात दुर्घटनालाई सार्वजनिक स्वास्थ्य एवम विकासको ठूलो समस्याका रुपमा लिइएको छ। जसको दूरगामी सामाजिक तथा आर्थिक प्रभाव पर्ने गरेको छ। अहिले भईरहेका अधिकांश दुर्घटना रोक्नसक्ने आंकलन गरिएको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख ट्याड्रोस एडहेनाम ग्याब्रेससले बुधबार सम्मेलनलाई सम्बोधन गर्दै अधिकांश सडक यातायात दुर्घटनामा मानिसको मृत्यु हुन वा घाइते हुनबाट जोगाउन सकिने उल्लेख गरे।

प्रकाशित: Feb 21, 2020| 18:16 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।