शुक्रबार, वैशाख ७, २०८१

संखुवासभा विभत्स घटनाको कारण पैसा हुन सक्‍ने

मादी-१ का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार कार्कीको परिवारले झापामा जग्गा किन्ने तयारी गरेको थियो। ‍मृतक तेजबहादुर कार्कीका दुई छोरा वैदेशिक रोजगारीमा छन्। कार्कीका छोरा रमेश मलेसिया र नरेश दुबईमा छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, भदौ २१, २०७८

विराटनगर- सोमबार बिहान संखुवासभाको मादी–१ खोलागाउँमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको एकैसाथ हत्या भएको घटना सार्वजनिक भयो। सात जनाको परिवारमा एक जना ९३ वर्षीय बौद्धमान कार्की मात्र जीवित छन्। आइतबार बेलुका सँगै खाना खाएर साँझ ९ बजेतिर नै सुत्ने कोठामा प्रवेश गरेका कार्कीले पनि सोमबार बिहान मात्रै परिवारका ६ सदस्यको शव घर आसपासमा देखे।

triton college

घटनास्थल पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धान र सोधपुछअनुसार कार्की परिवारको हत्याको कारण पैसा हुन सक्ने आशंका गरिएको छ। कार्की परिवारको घरमा केही नगद रकम रहेको र उक्त रकम डकैती गर्न आएको समूहले नै उनीहरूको हत्या गरेको हुन सक्ने घटनास्थल पुगेको प्रहरी स्रोतको भनाइ छ। 

संखुवासभाका डीएसपी लालध्वस सुवेदी अनुसन्धानका लागि घटनास्थल पुगेका छन्। धरानबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली प्रहरी आउने क्रममा रहेकाले प्रहरीले अनुसन्धान पूर्ण भएपछि मात्र केही बताउन सक्ने उनको भनाइ छ। यद्यपि आफूहरूलाई स्थानीयहरूलाई सोधपुछ गरिरहेको उनले बताए। सोधपुछका क्रममा पैसा कारण हुन सक्ने आशंका गरिएको उनको भनाइ छ। 

मादी-१ का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार कार्कीको परिवारले झापामा जग्गा किन्ने तयारी गरेको थियो। ‍मृतक तेजबहादुर कार्कीका दुई छोरा वैदेशिक रोजगारीमा छन्। कार्कीका छोरा रमेश मलेसिया र नरेश दुबईमा छन्। उनीहरूले पनि रकम पठाएको र परिवारमा जग्गा किन्ने विषयमा छलफल चलेको बताइएको छ। 

मादी-१ का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार कार्कीको परिवारले झापामा जग्गा किन्ने तयारी गरेको थियो। ‍

‘विदेशमा रहेका दुई छोराले घरमा रकम पठाएको बुझिएको छ। उक्त रकम घरमै राखेको बुझिएकाले डकैती गर्न आएकाले परिवारको हत्या गरेको आशंका गरिएको छ,’ एक प्रहरी अधिकारीले भने, 'यद्यपि अनुसन्धान नसिकएसम्म यसमा मात्र विश्वास गर्न सकिने अवस्था छैन। घटनासँग सम्बन्धित अन्य पाटाहरूका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धान नसकिँदै यसै भन्न गाह्रो हुन्छ।' कार्की परिवारले झापामा जग्गा किन्नका लागि बैनासमेत गरेको बताइएको छ। मृतक तेजबहादुरका भाइले समेत जग्गा किन्ने तयारी गरेका थिए। तेह्रथुम बस्दै आएका उनी घटनापछि घटनास्थल पुगेका छन्।  

corrent noodles
Metro Mart

अहिले कार्की परिवारको घर सिलबन्दी गरिएको र कसैलाई पनि प्रवेश गर्न नदिइएको डीएसपी सुवेदीले बताए। 

वडाध्यक्ष कटुवाल कार्की परिवारको कसैसँग विवाद रहेको भन्ने कुनै जानकारी नभएको बताउँछन्। उनी भन्छन्, ‘कार्की परिवारको कोहीकसैसँग विवाद थियो भन्ने सुनेका थिएनौं।’ 

घटना थाहा पाएलगत्तै बिहान ९ बजे घटनास्थल पुगेका कटुवालले भने, ‘घटनास्थलमा आइपुग्दा बिभत्स तवरबाट हत्या गरिएको अवस्थामा शव देखियो।’

‘विदेशमा रहेका दुई छोराले घरमा रकम पठाएको बुझिएको छ। उक्त रकम घरमै राखेको बुझिएकाले डकैती गर्न आएकाले परिवारको हत्या गरेको आशंका गरिएको छ,’ एक प्रहरी अधिकारीले भने

उनका अनुसार तेजबहादुरको शव बाटोमा फालिएको थियो। दुई बच्चाको शव खरबारीमा तथा बुहारी र श्रीमतीको सानो पानी बग्ने खोलामा थियो भने आमाको शव घरभित्रै थियो। घटनाको प्रकृति हेर्दा राति सुतेको बेलामा हत्या गरेको जस्तो नदेखिएको वडाध्यक्ष कटुवालले बताए।

लखेटीलखेटी हत्या भएको हुन सक्छ!

वडाध्यक्ष कटुवालका अनुसार हत्या गरिएका सबैले जुत्ताचप्पल लगाएका छन्। उनले भने, ‘तेजबहादुरको शव गम्बुट जुत्ता लगाएको अवस्थामा छ, नानीहरुले पनि चप्पल लगाएका छन्।’ राति सुत्नुअघि हत्या भएको हुन सक्ने उनले बताए। मृतकका शरीरमा चोटपटक प्रस्ट देखिएको छ। उनले भने, ‘हतियार प्रयोग गरी हत्या गरेको देखिन्छ।’ 

घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर युवराज खतिवडा नेतृत्वको टोली र नगर प्रमुख विदुरकुमार लिंथेपलगायतको टोली आएपछि प्रारम्भिक अनुसन्धान सुरु गरेको वडाध्यक्ष कटुवालले बताए। छिमेकीको घर कार्कीबाट टाढाटाढा रहेकाले सबैलाई बोलाएर जानकारी लिने काम सुरु भएको उनको भनाइ छ। 

स्थानीयका अनुसार घटनाको प्रकृति हेर्दा परिवारका सदस्यलाई बाहिर निकालेर लखेटी-लखेटी हत्या भएको प्रारम्भिक अनुमान छ। हत्याराको पहिचान हुन सकेको छैन। स्थानीय कृष्ण पाठकका अनुसार तेजबहादुरको हत्या लखेटेर गरे जस्तो देखिन्छ। 'उहाँको शव घरबाहिर केही पर फेला परेको छ। उहाँकी श्रीमती मनमायाको शव घरमुनि खोल्सामा देखिन्छ’, उनले नेपाल समयसँग टेलिफोनमा भने। बालबालिकाको शव भने घरमा यत्रतत्र रहेको पाठकले बताए। 

घटना भएको स्थाननजिकै फुदुङ खोलामाथि झोलुंगे पुल छ। पुलको मुखैमा घटना भएको घर छ। करिब पाँच सय मिटर वरपर मात्रै अन्य घर छन्।  

 स्थानीय कृष्ण पाठकका अनुसार तेजबहादुरको हत्या लखेटेर गरे जस्तो देखिन्छ। 

८० वर्षीया पार्वता कार्कीको शव भने घर भित्रै खाटमा फेला परेको पाठकले जानकारी दिए। २८ वर्षीया बुहारी रञ्जना कार्की, नाती दीपक कार्की र नातिनी गोमा कार्कीको शव पनि फरकफरक स्थानमा भेटिएकाले सबैको  लखेटीलखेटी हत्या गरेको हुनसक्ने देखिएको उनले बताए।

उनले पनि आर्थिक पाटो हुन सक्ने शंका गरे। ‘उहाँहरूको आर्थिक अवस्था राम्रै हो। केही पैसा जोहो गरेर झापातिर घरेडी किन्ने सोचमा हुनुहुन्थ्यो भन्ने सुन्नमा आएको छ। आर्थिक कारणले नै उहाँहरूको हत्या भएको हुन सक्ने पनि आशंका गरिएको छ’, पाठकले भने।

जीवित वृद्ध भन्छन्- केही जानकारी छैन

घटनामा जीवित रहेका ९० वर्षीय वृद्ध (कार्की परिवारका मूली) बौद्धमान कार्कीले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। बौद्धमानलाई उदृत गर्दै वडाध्यक्ष कटुवाल भन्छन्, ‘घटनाबारे कार्की परिवारका जीवित सदस्य ९० वर्षीय बौद्धमानसँग बुझ्दा उहाँले कुनै जानकारी नभएको बताउनुभएको छ।’

वडाध्यक्ष कार्कीका अनुसार बौद्धमानले आइतबार साँझ आफू खाना खाएर सुतेको र घटनाबारे केही थाहा नभएको बताए। बिहान मात्रै घटनाबारे अरुले भनेपछि जानकारी पाएको उनको भनाइ छ। बौद्धमान राम्रोसँग कान पनि सुन्न सक्दैनन् भने आँखासमेत राम्रोसँग देख्दैनन्।

सोमबार बिहान स्थानीय लास देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत अवस्थामा फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, ५६ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्। 

घरको वरिपरि शव यत्रतत्र छरिएको अवस्थामा रहेको जत्ताचप्पलसमेत लगाएको अवस्थामा शव भेटिएकाले घटना थप रहस्यमय बनेको मादी नगरपालिका-१ का वडाध्यक्ष कटुवालले बताए। यसबारेमा अनुसन्धान गर्न धरानबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल आइपुग्ने क्रममा रहेको वडाध्यक्ष कटुवालले जानकारी दिए। घटनास्थलमा अहिले शवलाई प्रहरीले सुरक्षा दिएर राखेको छ। शव उठाइएको छैन। 


प्रकाशित: Sep 06, 2021| 21:21 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।