शुक्रबार, वैशाख ७, २०८१

'कम्युनिस्टले आफूले आफैंलाई सिद्ध्याउँछन्'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन्।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

भक्तपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन्।

triton college

शुक्रबार भक्तपुरमा आयोजित भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केही कम्युनिस्ट नेताले आफैंले आफैंलाई सिद्धाएको बताए। प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको नेतृत्व आफ्ना आदर्श तथा उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ । आफैंले आफैंलाई सिद्ध्याउने रहेछन्।’

उनले कम्युनिस्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन्, त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचलित हुने गरेको बताए। प्रचण्डले कम्युनिस्ट आदर्शको राजनीतिलाई फेरि एकपटक स्थापित गर्नुपर्ने बताए।

‘हिजो मृत्युलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने, तर शासन हातमा आएपछि अर्कैअर्कै। यो सबैभन्दा बढी २० औं शताब्दीमा देखिएको थियो। कम्युनिस्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पूँजीपति चाहिन्न,बन्दुक पनि चाहिन्न। आफैंले आफैंलाई सिध्याउने रहेछन्,’ अध्यक्ष प्रचण्डले भने।

 

corrent noodles
Metro Mart

प्रकाशित: Feb 21, 2020| 15:28 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।