शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सहकार्य

‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सहकार्य

 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बैंकको कमलादी स्थित प्रधान कार्यालयमा आयोजित समारोहमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका हुन् ।

यस सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: Feb 21, 2020| 11:40 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्