बिहीबार, वैशाख १३, २०८१

गोकुलले कमिसनको रेकर्ड तोडे : सुन्दरमणि दीक्षित

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको रेकर्ड तोडेको टिप्पणी गरेका छन्।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं– नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको रेकर्ड तोडेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दीक्षितले भने, ‘योभन्दा पहिले ५० करोडसम्मको कमिसनको कुरा सार्वजनिक भएको थियो। ७० करोड पुर्‍याएर कमिसनको रेकर्ड ब्रेक गरेका छन् बाँस्कोटाले।’

triton college

दीक्षितले थपे, ‘गोकुल बाँस्कोटाले सधैं मञ्चबाट मनलाग्दी बोलेर कसैलाई पनि बाँकी राख्नु हुन्नथ्यो । बाँस्कोटाजीले सबै मानिसहरु खराब, आफूमात्रै असल भनेर जुन देखाउनु हुन्थ्यो तर, आज अडियो सुन्दा सबैभन्दा खराब त उहाँ नै रैछ।’

दीक्षितले बाँस्कोटालाई राजीनामा दिँदैमा छुट दिन नहुने भन्दै कडा कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए। उनले भने, ‘प्रधानमन्त्रीजीले आफू पनि भ्रष्टाचार गर्दिँन, अरुलाई पनि छोड्दिन भन्दै आउनुभएको छ, अब थाहा हुन्छ, बाँस्कोटालाई छुट दिनुहुन्छ कि कारवाही गर्नुहुन्छ। ओलीजी अग्नी परीक्षामा हुनुहुन्छ।’

ओली र बाँस्कोटाको सम्बन्धबारे चर्चा गर्दै दीक्षितले भने, ‘बाँस्कोटा ओलीजीको धेरै नजिकका व्यक्ति हुन्, राजीनामा दिएपछि छुट दिन्छन् वा एक्सन लिन्छन् हेर्न बाँकी छन्। छुट दिए भने मेरो नजरबाट गिर्नुहुन्छ।’

प्रकाशित: Feb 20, 2020| 16:54 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।