काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक २९.३२ अंकले उकालो लागेको छ । नेप्से यो साता १४३४.५७ अंकमा अडिएको छ । बिहीबार बजारमा कारोबारले पनि रेकर्ड कायम गरेको छ । यसदिन १८० वटा कम्पनीको ५८ लाख कित्ताको २ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार ट्रडिङ र म्युचुअल फण्डबाहेक सम्पूर्ण परिसूचक घटेको छ । यसदिन बैकिङ ७.९, होटल्स ४९.२७, विकास बैंक १०.०४, जलविद्युत १३.९२, फाइनान्स ६.४२, निर्जीवन बीमा कम्पनी ३७४.०१, उत्पादनमूलक ९७.२६, लघुवित्त १५९.३२ र अन्य ९.०३ अंकले उकालो लागेको छ ।
यसदिन सबैभन्दा बढी कारोबार भएको कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । सो कम्पनीले दिनभर १७ करोड बराबरको कारोबार भएको छ । त्यस्तै हिमालय डिष्टिलरीको १२ करोड २२ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड २१ लाख, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ११ करोड र शिखर इन्स्योरेन्सको १० करोड बराबरको सेयर किनबेच भएको छ ।
विहीबार सबैभन्दा बढी कमाउनेमा बोटलर्स नेपाल, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था, कालिका माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स लगायतका १२ वटा कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।
बजार उकालो लागेको बेलामा पनि सबैभन्दा बढी गुमाउनेमा राधी विद्युतिय कम्पनी, समृद्धि फाइनान्स कम्पनी, नविल इक्वीटी फन्डका लगानीकर्ताहरु रहेका छन् ।