काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा पनि सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणको विषय उठाउने भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदबाट टेप प्रकरण उठाइने बताए।
‘प्रिन्टिङ प्रेस प्रकरणको पछाडि ठूलो रकमको घोटाला भएको छ,’ प्रवक्ता शर्माले भने, ‘यसको पछाडि क–कसको संलग्नता थियो, त्यो खोज्नु पर्छ।’
उनले थपे, ‘मन्त्रीज्यूलाई बर्खास्त गरेर छानविन गर्नु प्रधानमन्त्रीज्यूको जिम्मेवारी हो। प्रतिशोध नराखी छानविन हुनुपर्छ। यस विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ।’
सार्वजनिक लेखा समितिका सभापति भरत शाह पनि यस प्रकरणमा जोडिएको प्रसंगमा सोधिएको प्रश्नमा शर्माले सबैले छानबिनमा सघाउनुपर्ने बताए।