बुधबार, वैशाख १२, २०८१

रिचार्जरको बिग सेल हरेक महिना २० तारिखमा

ई कमर्स प्लेटफर्म रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले फेब्रुअरी २० मा बिगसेल अफर संचालन गर्ने भएको छ ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं । ई कमर्स प्लेटफर्म रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले फेब्रुअरी २० मा बिगसेल अफर संचालन गर्ने भएको छ ।

triton college

बिगसेलका दिन रिचार्जरले २२० रुपैयाँमा क्युएफएक्स सिनेमाको टिकट, ५ हजार २० रुपैयाँमा हेलीकप्टर राईड, २ हजार २० मा टुर प्याकेज, २० हजार २० रुपैयाँमा अन्नपूर्ण बेसक्याम्पसम्मको हलिकप्टर राइड, जस्ता आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाईल, ल्यापटप, टिभी, ईलेक्ट्रोक्सि आइटम र टुर प्याकेज उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

नाईट फुड र ड्रिंक्स सर्भिस ७ बजेदेखि काठमाण्डु उत्पत्यका भित्र उपलब्ध हुनेछ । मुभि टिकट खरिद गर्दा भने सुरुमा पूरा रकम भुक्तान गरेको २४ घण्टा भित्र २२० रुपैयाँ बाहेकको रकम खरिदकर्ताले क्यासव्याक फिर्ता पाउने बताइएको छ ।

ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टा रिचार्जरका प्रयोगकर्ताले सरपाइज अफरहरु पाउने छने । रिचार्जर डाउनलोड गर्ने मध्येबाट प्रत्येक साता एक जनालाई पोखरा सिटी भ्यूको हेली टूर प्याकेज उपलब्ध गराइने कम्पनीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनका अनुसार बिगसेलका दिन रिचार्जरमा ७० प्रतिशतसम्मको छुट पाइन्छ ।

कम्पनीले भ्रमण वर्षभरी हरेक महिनाको २० तारिखमा बिगसेल संचालन गर्ने भएको छ । भ्रमण वर्ष २०२० को आधिकारिक इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध हुनेछ ।

corrent noodles
Metro Mart

प्रकाशित: Feb 20, 2020| 11:54 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्