शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कक्षाकोठाको झ्यालढोका थुनेर विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

कक्षाकोठाको झ्यालढोका थुनेर विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

कक्षा ३, ४ र ५ मा अध्ययनरत २६ जना छात्राको उजुरीका आधारमा शिक्षक निरौला पक्राउ परेको प्रहरीले जनाएको छ ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं– स्कुलका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५५ वर्षका एक शिक्षकलाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित श्री नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौला पक्राउ परेका हुन्।

triton college

कक्षा ३, ४ र ५ मा अध्ययनरत २६ जना छात्राको उजुरीका आधारमा शिक्षक निरौला पक्राउ परेको प्रहरीले जनाएको छ । स्कुलकी प्रिन्सिपल सविता सिलवालले छात्रामाथि भएको यौन दुर्व्यवहारबारे प्रहरीलाई जानकारी गराएकी थिइन् ।

कसुर प्रमाणित भएका शिक्षक निरौलालाई ३ वर्षसम्म जेल सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

यसअघि विद्यार्थीहरुले आफूहरु शिक्षकबाट दुर्व्यवहारमा परेको भन्दै प्रिन्सिपललाई लेखेको पत्र सार्वजनिक भएको थियो। ९ देखि १३ वर्षका छात्राहरुले पत्रमा शिक्षकले आफूहरुको शरीरका संवेदनशील अंगमा छुने गरेको बताएका थिए । शिक्षक निरौलाले कक्षाकोठाको झ्याल–ढोका बन्द गरेर विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीले बताएका छन्।

प्रिन्सिपल सिलवालका अनुसार शिक्षक निरौला यसअघि पनि यस्तै व्यवहारका कारण दुईवटा स्कुलबाट निकालिएका थिए । तर, यो कुरा प्रहरीसम्म नपुगेका कारण उनी बच्दै आएका थिए ।

corrent noodles
Metro Mart

यसैबीच, अभिभावक संघ नेपालले छात्रामाथि यौन दुर्व्यहार हुँदा पनि विद्यालय व्यवस्थापनले उदासिनता देखाएको भन्दै आपत्ति जनाएको छ। घटनालाई संवदेनशिलताका साथ लिन र निष्पक्ष छानबिन गर्न संघले प्रहरीलाई आग्रह गरेको छ ।

विद्यालयले शिक्षक निरौलालाई निलम्बन गरी आन्तरिक छानबिन समिति गठन गरेको आज प्रकाशित द हिमालय टाइम्स छ ।

प्रहरीका अनुसार पीडितहरु नाबालक भएकाले लिखित रुपमा अभिभावकबाट उजुरी नआएसम्म औपचारिक रुपमा घटनाको छानबिन गर्न मिल्दैन । त्यसैगरी कुनै व्यक्तिलाई २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न पनि पाइँदैन । त्यसैले प्रहरीले शिक्षक निरौलालाई हरेक दिन प्रहरी कार्यालयमा हाजिर हुने शर्तमा छाडिदिएको छ।

प्रकाशित: Feb 20, 2020| 09:03 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।