शुक्रबार, वैशाख १४, २०८१

सहिद घोषणा भए तर सीडीओले रोके क्षतिपूर्ति रकम

जिल्ला प्रशासन कार्यालयले सहिद परिवारलाई उक्त रकम उपलब्ध गराउन आनाकानी गर्दै आएको छ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं– तेस्रो मधेश आन्दोलनका क्रममा मृत्यु भएका सुनसरीका रामनारायण यादव र दुखीलाल महतो सहिद घोषणा भइसकेका छन्। २०७४ साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सहिद घोषणा गर्दै क्षतिपूर्तिबापत १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। सोही बमोजिम रकमको चेक पनि जिल्ला प्रशासन कार्यालय सुनसरीमा २०७५ भदौमै पुगेको थियो।

triton college

तर, जिल्ला प्रशासन कार्यालयले सहिद परिवारलाई उक्त रकम उपलब्ध गराउन आनाकानी गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले आन्दोलनका क्रममा प्रहरीबाट गोली नचलेको भन्दै मन्त्रिपरिषद्को निर्णयलाई नै चुनौती दिँदै आएको राजपाका स्थानीय नेता सन्ताेष मेहताले बताए। 

सरकारले छानबिन गरी घोषणा गरिसकेको घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः प्रतिवेदन तयार पारेकाे थियाे। गोली लागी हत्या नभएकोले सहिद घोषणा गर्न नहुने प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनका आधारमा सहिद परिवारलाई दिनुपर्ने रकम रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैबीच, उक्त विषयमा पीडित परिवारले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रवक्तासमेत रहेका स्थानीय नेता सन्तोष मेहताको नेतृत्वमा गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो।

बुधबार पीडित परिवार पक्ष र गृहमन्त्रीबीच भएको छलफलमा गृहमन्त्रीले केही दिनभित्रै सहिद परिवारलाई रकम भुक्तानी गराइने आश्वासन दिएकाे मेहताले बताए।

corrent noodles
Metro Mart

सहिद रामनारायण यादवको साविक घर राजगन्ज निनवारी गाउँपालिका र हाल देवानगन्ज गाउँपालिकामा रहेको छ। तेस्रो मधेश आन्दोलनका क्रममा नेपाल–भारत सीमा क्षेत्रमा भएको प्रदर्शनमा उनको मृत्यु भएको थियो। जोगवनी नाकामा प्रदर्शन गर्ने क्रममा प्रहरीको कुटाइबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो।

यादवको मृत्यु भएको घटनामा समाजवादी पार्टीकी उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रेणु यादव पनि प्रहरीको कुटाइबाट घाइते भएकी थिइन्।
सहिद दुखीलाल महतोको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने क्रममा मृत्यु भएको थियो।

इनरुवा नगरपालिकाको स्थानीय तहको निर्वाचनका बेला प्रहरी र स्थानीय प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी घाइते भएकाले प्रहरीले केही घण्टामै उनलाई छोडेपछि उपचारका लागि इनरुवा जिल्ला अस्पताल भर्ना गरिएको थियो।

उनको जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको थियो।

प्रकाशित: Feb 19, 2020| 16:12 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।