बिहीबार, वैशाख १३, २०८१

१२ अर्बले निक्षेप बढ्दा ५५ अर्बले बढ्यो कर्जा

वाणिज्य बैंकको कर्जाको तुलनामा निक्षेप वृद्धिदर निकै कम देखिएको छ। भदौ ‍१८ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप जम्मा तीन हप्तामा १२ अर्बले बढेको छ भने ५५ अर्ब रुपैयाँले कर्जा विस्तार भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- वाणिज्य बैंकको कर्जाको तुलनामा निक्षेप वृद्धिदर निकै कम देखिएको छ। भदौ ‍१८ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप जम्मा तीन हप्तामा १२ अर्बले बढेको छ भने ५५ अर्ब रुपैयाँले कर्जा विस्तार भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ। 

triton college

नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत हप्ता वाणिज्य बैंकहरुको कर्जा २२ अर्बले विस्तार भएपनि निक्षेप भने जम्ममा ४ अर्ब रुपैयाँले मात्र बढेको छ।

भदौको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले घटेको थियो भने कर्जा प्रवाह दोब्बर अर्थात् १४ अर्ब रुपैयाँले बढेको थियो। तर निक्षेपको रफ्तार भदौ दोस्रो साता भने ८ अर्ब रुपैयाँले बढ्यो भने कर्जा रुपैयाले बढेको थियो। 

भदौ १८ सम्ममा वाणिज्य बैंकको निक्षेप ४१ खर्ब २९ अर्ब पुगेको छ। यस्तै कर्जा ३८ अर्ब १९ अर्ब पुगेको छ। भदौ ११ सम्ममा वाणिज्य बैंकमा ४१ खर्ब २५ अर्ब निक्षेप रहेको थियो भने ३७ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा रहेको थियो।

 त्यसैगरी स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप ४० खर्ब ९ अर्ब रहेको छ भने कर्जा ३६ खर्ब ६९ अर्ब रहेको छ। विदेशी मुद्रामा १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने १ खर्ब ५० अर्ब रहेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 06, 2021| 19:11 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्