शनिबार, वैशाख ८, २०८१

‘एसीसी इस्टर्न रिजन क्रिकेट’को तयारीमा लागे खेलाडी

नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट (इस्टर्न ििरजन क्रिकेट) प्रतियोगिताको तयारी थालेको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट (इस्टर्न ििरजन क्रिकेट) प्रतियोगिताको तयारी थालेको छ। घरेलु मैदानमा आइसिसी लिग दुई खेलेलगत्तै खेलाडी अभ्यासमा जुटेका छन् ।

triton college

एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिता यही फागुन १५ गतेदेखि थाइल्यान्डमा शुरु हुँदैछ। उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ । सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्माले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ । राउन्ड रोविन लिगका आधारमा हुने उक्त प्रतियोगिताको पहिलो खेल नेपालले फागुन १७ गते मलेसियासित खेल्नेछ । नेपालले दोस्रो खेल फागुन १८ गते हङकङसित, तेस्रो खेल फागुन २१ गते थाइल्यान्डसित तथा चौथो खेल फागुन २३ गते सिङ्गापुरसित खेल्नेछ ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एशिया टी–ट्वान्टी छनोटमा भाग लिनेछन् । उक्त छनोट प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया टी–ट्वान्टी कप प्रतियोगिता खेल्नेछ । एशिया टी–ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

हाल १४ सदस्यीय नेपाली टोली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् । टोलीलाई प्रशिक्षक जगत टामाटाले अभ्यास गराइरहेका छन् । नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् ।
रासस

प्रकाशित: Feb 18, 2020| 15:34 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।