मंगलबार, जेठ १३, २०७७

फोटो

साढे चार वर्षमा कति भयो पुनर्निर्माण ? (तस्बिरहरु)

1587548487Thakle_Integratted_settlement_.JPG
थाक्ले सामुदायिक आवास सिन्धुपाल्चोक

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ।

प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत भएको जानकारी गराएको हो ।

२०७२ साल वैशाख १२ गते भूकम्प गएको ५ वर्ष पूरा हुन दुई दिनअघि प्रेस विज्ञप्ति जारी गरी प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या ५ लाख ६१ हजार ६ सय ५० अर्थात ७२ प्रतिशत पुगेको जनाएको छ।

जनप्रिय मावि पाल्पा

 

हरिशंकर मन्दिर, पाटन दरबार स्क्वायर

 

रानीपोखरी

 

गौथले सामूहिक आवास धादिङ

 

डिभिजन वन कार्यालय दोलखा

 

निजी आवास, कास्की

 

धरहरा

 

प्रतिक्रिया दिनुहोस्