बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपसभामुखबाट हात धुनुपरेकी तुम्वाहाङ्फेलाई मन्त्री उपहार

उपसभामुखबाट हात धुनुपरेकी तुम्वाहाङ्फेलाई मन्त्री उपहार

हालैमात्र प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिएकी शिवमाया तुम्वाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्ने भएकी छन्।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं- हालैमात्र प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिएकी शिवमाया तुम्वाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्ने भएकी छन्। उनलाई आजै मन्त्रीका रुपमा शपथ ग्रहण गराउने तयारी छ।

triton college

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालमा अनुसार तुम्वाहाङ्फेको शपथ ग्रहण कार्यक्रम शीतलनिवासमा अपरान्ह साढे ३ बजे राखिएको छ।

यौनकाण्डमा मुछिएर गत असोजमा कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि उनले सभामुखमा दाबी गरेकी थिइन्। तर, नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गर्दै उनको राजीनामा मागेको थियो।

सभामुखमा सापकोटा निर्वाचित भए भने उपसभामुख पद अहिले पनि खाली छ। सभामुख र उपसभामुख फरक फरक पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण तुम्वाहाङ्फेले राजीनामा दिनुपरेको थियाे।

प्रकाशित: Feb 17, 2020| 11:22 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।