बुधबार, वैशाख १२, २०८१

नेपाल–अस्ट्रेलिया सम्बन्ध ६०औं वर्षमा

नेपाल–अस्ट्रेलिया सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं– नेपाल–अस्ट्रेलिया सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन्।

triton college

सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अस्ट्रेलियाका विदेशमन्त्री मारिसे प्यानेले पारस्परिक विश्वास, समझदारी र सहयोगमा आधारित दुवै देश र जनाताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

द्विपक्षीय सम्बन्ध स्थापनाको ६०औँ वर्ष प्रवेशका अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले शनिबार साँझ राजधानीमा स्वागत समारोह आयोजना गरेका थिए।

कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका सल्लाहकार, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीलगायत नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको यहाँस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ।

प्रकाशित: Feb 17, 2020| 10:10 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।