शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए कोरियामा पुनः दीपक 

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन भएका छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन भएका छन्। निकै लामो चुनावी अभियानपछि उनी पुनः सर्वसम्मतिमा चयन भएका हुन्।

triton college

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा. विमल सुवेदी चुनिएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षद्वयमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल र परी गुरुङ, कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एवं सदस्यमा डा रोशन शर्मा, सन्तोष खड्का, रमेश थापामगर, गङ्गा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धिप्रसाद नेपाल र गम्भीरमान श्रेष्ठ निर्वाचित भएका छन्।

अध्यक्षलगायतका सम्पूर्ण पदाधिकारी सहमतिले निर्वाचित भए पनि सचिव पदमा तीन जनाको दावी रहेपछि अनलाइन भोटिङमार्फत निर्वाचन सम्पन्न भएको थियो। भोटिङमार्फत गरिएको निर्वाचनमा परि गुरुङले बाजी मारेका थिए। गुरुङसँग प्रतिस्पर्धामा हरिप्रसाद भट्टराई, राजकुमार राई उत्रिएका थिए ।

निर्वाचित पदाधिकारीलाई आगामी शनिबार अनलाइनमार्फत शपथ ग्रहण गराइने निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन समितिको अन्तिम निर्णयानुसार सचिव पदबाहेकका आइसिसी सदस्यलगायत सम्पूर्ण पदमा सर्वसम्मतिमै चयन भएका हुन् ।

प्रकाशित: Jul 29, 2021| 15:45 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...