काठमाडौं– क्रिकेट र फुटबलमा जस्तै अब राष्ट्रिय खेल भलिबलमा पनि फ्रेन्चाइज प्रतियोगिता हुने भएको छ। नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले नेपाल भलिबल संघ (एनभीए) सँगको सहकार्यमा फ्रेन्चाइज लिग गर्ने भएको हो।
अब फ्रेन्चाइज लिग आयोजकले प्रतियोगिताको नाम नेपाल सुपर लिग (एनएसएल) भलिबल राख्ने भएको छ। यो प्रतियोगिताको लागि भोलि मंगलबार आयोजकले एनभीएसँग सम्झौता गर्दैछ।
यता एनभीएले भलिबलको च्याम्पियनसिप असोजमा गरेको छ। एनभीएले असोज १० देखि १६ गतेसम्म एनभीए क्लब भलिबल च्याम्पियनसिप गर्न लागेको हो।