बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ फागुन २ गते (शुक्रबार) सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

कलेज प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम साइपाल कलेज, दोस्रोमा रिलायन्स कलेज भएका थिए । त्यसै गरी पुरुष तर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी थिइन् ।

प्रकाशित: Feb 16, 2020| 17:01 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्