शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • प्रविधि
  • सुरेश बाहिरिएसँगै नेपालीका लागि सकियो 'डियरमुन प्रोजेक्ट'बाट चन्द्रमामा जाने सम्भावना

सुरेश बाहिरिएसँगै नेपालीका लागि सकियो 'डियरमुन प्रोजेक्ट'बाट चन्द्रमामा जाने सम्भावना

नेपाली एस्ट्रोनोमर सुरेश भट्टराईको डियरमुन प्रोजेक्टबाट चन्द्रमा जाने यात्रामा पूर्णविराम लागेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– नेपाली एस्ट्रोनोमर सुरेश भट्टराईको डियरमुन प्रोजेक्टबाट चन्द्रमा जाने यात्रामा पूर्णविराम लागेको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्षसमेत रहेका भट्टराईले आज सोमबार आफू यो डियरमुन प्रोजेक्टबाट बाहिरिएको जानकारी दिएका हुन्।

triton college

सुरेश बाहिरिएसँगै नेपाली अन्तरिक्ष यात्रीका लागि डियरमुन प्रोजेक्टमा सहभागीतासमेत सकिएको छ। ‘ठ्याक्कै थाहा भएन तर सायद अब यो प्रेजेक्टमा कुनै नेपाली नहोलान्। भए पनि जानकारीमा आएको छैन। तर मेरो यात्रा चाहिँ यहिँ टुंगिएको छ,’ भट्टराईले भने, ‘अवसरहरु धेरै हुन्छ। हामी मात्र भाग लिँदैनौ। अरुलाई पनि भनिरहेका छौं। यो एउटा यात्रा चाहिँ सकियो।’

अहिले मेडिकल असाइमेन्ट सेसनमा भिडियो रिपोर्ट सार्वजनिक गरेपछि उनको यात्रा टुंगिएको जानकारीमा आएको हो। अहिले सबै मेडिकल गरिसकेर अन्तिम चरणमा रहेको जानकारी डियरमुन प्रोजेक्टले सामाजिक सञ्जाल ट्वीटरमा जानकारीका लागि राखेको छ। ‘यदि यसमा कसैको नाम छुटेको भए उनीहरुको यात्रा टुंगिएको मानिने छ,’ डियरमुन प्रोजेक्टले सूचनामा लेखेको छ, जहाँ सुरेशाको नाम छैन।

अहिले ‘स्पेस हिरो’ भन्ने रियालिटी शो आउन लागेको छ। कार्यक्रममा १८ वर्ष पुगेको विश्वभरिका जो कोहि मान्छेले भाग लिन पाउँछ। सुरेश भन्छन्, ‘त्यो टीभी शो हो। त्यसलाई हामीले पनि ‘इन्डोर्स’ गरेका छौं। त्यसमा उत्कृष्ट हुनेले स्पेस स्टेसनमा जान पाउँछ। अहिले हामी त्यसमा सहभागिताको लागि प्रचार गरिरहेका छौं।’


corrent noodles
Metro Mart

के हो डियरमुन प्रोजेक्ट?

स्पेस एक्सको कार्यक्रम हो डियरमुन प्रोजेक्ट। यो प्रोजेक्टले धेरै मानिसलाई एकैपटक चन्द्रमाको नजिक पुर्याउने लक्ष्य राखेको छ। चन्द्रमामा जाने जहाज भने विश्वकै धनाढ्य उद्योगपति एलन मस्कको कम्पनीले बनाइरहेको छ। यो जहाजमा ५० जनाभन्दा बढी चन्द्रमामा जाने दाबी गरिएको छ। त्यसमध्ये आठजनाको टिकट बुकिङ जापानी उद्योगपति युसाकु मायजाभाले किनेका छन्।

मायजाभाले विश्वभरिबाट छानेर आठ जनालाई चन्द्रमामा लैजाने घोषणा गरेका थिए। त्यो कुरा विश्वभरि नै फैलिएको थियो। त्यसका लागि हजारौँले आवेदन दिए। यही कुरा थाहा पाएपछि सुरेशले पनि चासो दिएका हुन्।

प्रोजेक्टबारे सुरुमा आफूलाई थाहै नभएको भट्टराईले नेपाल समयसँगको कुराकानीमा सुनाएका थिए। ‘यो प्रोजेक्टमा सुरुमा कलाकारलाई लिएर जाने भन्ने थियो। तर पछि विश्वका सबै मानिस कलाकार हुन्, त्यसैले सबैले यसमा अप्लाइ गर्न सक्छन् भनेर उनले (मायजाभाले) आवेदन खुला गरे। मैले पनि इन्डियाका एक जना साथीबाट यो कुरा थाहा पाएर आवेदन दिएँ,’ उनले पाँच महिना अघि नेपाल समयसँगको कुराकानीमा भनेका थिए।

त्यतिबेला भट्टराईले आवेदन दिएपछि फलोअप इमेल पनि प्राप्त गरिसकेका थिए। त्यसअन्तर्गत उनी तेस्रो चरणको छनोटमा पुगेका थिए। पहिलो, दोस्रो चरणको छनोट कस्तो थियो त? ‘पहिलो चरणमा केही प्रश्न सोधिएको थियो। त्यसमा प्रोफेसन झल्काउने तीन तस्बिर, सामाजिक सञ्जालको जानकारी, कुन देश हो जस्ता प्रश्नहरु थिए। त्यसमा चुनौतीलाई सामना गर्न सक्ने भावनाका प्रश्नहरु पनि थिए,’ उनले भने।

छनोट प्रक्रियाको दोस्रो चरणमा व्यक्तिको क्षमता परीक्षण गरिएको थियो। त्यसक्रममा उनले प्रोजेक्टबारे आफ्नो विचार र आफूले प्रोजेक्टमा दिन सक्ने सहयोगको पनि व्याख्या गरेका थिए। त्यो राउन्ड पनि उनले मार्चको अन्तिमतिर पास गरे। अहिले उनी तेस्रो चरणमा थिए। तेस्रो चरणमा मेल कन्फरमेसनसहित अन्तरिक्षबारे आफ्नो जानकारी उनले भिडियोमार्फत दिएका थिए। अहिले त्यसको उत्तर आइसकेको छ। र, सुरेश बाहिरिएका छन्। 


प्रकाशित: Sep 06, 2021| 17:42 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...