बिहीबार, वैशाख १३, २०८१

एमसीसीको विरोधमा अमेरिकी दूतावासअगाडि प्रदर्शन

एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेताकार्यकर्ता पक्राउ परेका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेताकार्यकर्ता पक्राउ परेका छन्। महाराजन्जस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको आरोप लगाउँदै विद्यार्थीले खारेज गर्न दबाब दिएका थिए। प्रदर्शनकारीले दूतावासअगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्नेलगायतका नाराबाजी गरेका थिए।

अखिल (क्रान्तिकारी) ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिँदै आएको छ। यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ भने प्रमुख प्रतिपक्ष दल  एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौता पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराउँदै आएका छन्।

प्रकाशित: Sep 06, 2021| 16:30 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...