शनिबार, वैशाख ८, २०८१

‘कोड लाइक हर’ फेलोसिप सञ्चालन गरिँदै, आवेदन आह्वान

 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं । किशोरी तथा महिलाहरुको समूहले सुरु गरेको सफ्टवेयर डेभलपमेन्ट स्टार्टअप ‘कोड रश’ ले ‘कोड लाईक हर’ (उनले जस्तै कोडिङ गर्नुहोस्) फेलोशिप संचालन गर्ने भएको छ ।

triton college

छ महिना लामो यस फेलोशिपको मुख्य उद्देश्य युवतीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा अन्य प्राविधिक सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने रहेको छ । स्नातक तहमा आईटी तथा इन्जिनियरिङ्ग विषय अध्ययनरत तथा भर्खरै स्नातक उत्तीर्ण गरेका युवतीहरुले उक्त फेलोशिपका लागि आवेदन दिन सक्नेछन्, जस मध्ये १२ जना उपयुक्त आवेदकलाई ’कोड लाईक हर फेलो’ का रुपमा छनोट गरिने बताइएको छ ।

यस फेलोशिपमा सहभागीहरुले मुख्य गरी अहिले उद्योगमा अति नै माग गरिएको फुल स्ट्याक डेभलपमेन्ट, फ्रन्टएन्ड (रियाक्ट जेएस), ब्याकएन्ड (नोड डट जेएस, एक्सप्रेस जेएस), डाटाबेस आदि सीप सिक्नेछन् । फेलोहरुलाई यस्ता विभिन्न सीपका साथै नेपालका सूचना प्रविधी क्षेत्रका विशेषज्ञहरूबाट उचित मार्गदर्शन र सल्लाह पनि प्रदान गरिनेछ ।

यस फेलोशिप मार्फत ’कोड रश’ले प्राविधिक क्षेत्रमा महिलाको पहुँचलाई थप विस्तार गर्ने र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । फेलोशिप अन्तर्गत तीन महिनासम्म वर्कशप तथा विभिन्न प्रोजेक्टहरु मार्फत सफ्टवेयर डेभलपमेन्ट तथा अन्य विभिन्न सीप विकास तालिम दिइनेछ भने अर्को तीन महिना सूचना प्रविधि क्षेत्रमा क्रियाशील कम्पनीहरुमा इन्टर्नशीपका लागि सामेल गराइनेछ ।

प्रकाशित: Feb 13, 2020| 11:40 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्