शनिबार, वैशाख ८, २०८१

प्रदेश-२ का सांसदलाई डेढ करोडका ल्यापटप बाँडिदै

सांसदलाई ल्यापटप वितरण गरेर प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने याेजना भए पनि याे सहज भने छैन। कतिपय सांसद ल्यापटप र इन्टरनेट प्रयोगबारे जानकार छैनन्।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

जनकपुरधाम– प्रदेश २ को प्रदेशसभा सचिवालयले प्रदेश सांसदहरुलाई ल्यापटप बाँड्ने तयारी गरेको छ । प्रत्येक प्रदेशसभा सांसदलाई एक लाख रुपैयाँभन्दा बढी मूल्यको ल्यापटप वितरण गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको हो ।

triton college

प्रदेश सांसदहरुलाई दिइने ल्यापटप प्रदेशसभा सचिवालय पुगिसकेको छ । प्रदेश २ को प्रदेशसभामा १०७ सांसद छन् । सबै सांसदसहित कार्यालय प्रयोजनको लागि प्रदेशसभा सचिवालयले ११८ वटा ल्यापटप खरिद गरेको छ ।

सचिवालयले १ करोड ५९ लाख रुपैयाँ खर्चेर ल्यापटप खरिद गरेको हो। यस हिसाबले प्रतिल्यापटप १ लाख ३४ हजार ७ सय ४५ रुपैयाँ पर्न जान्छ ।

ल्यापटप खरिद गर्न सचिवालयले गत आर्थिक वर्षमै टेन्डर निकालेर सम्झौता गरेपनि चालू आर्थिक वर्षमा मात्र प्रदेश सांसदहरुलाई वितरण गर्ने तयारी गरेको बताइएको छ ।

प्रदेशसभा सचिावलयले गत आर्थिक वर्षमै प्रदेश सांसदहरुलाई ल्यापटप वितरण गर्ने कार्यक्रमअन्तर्गत टेन्डर प्रकाशन गरेको थियो । तर टेन्डर परेको काठमाण्डुस्थित म्याक्स इन्टरनेशनलले ल्यापटप उपलब्ध गराउन नसकेपछि ढिलोगरी वितरण गर्न लागिएको हो ।

corrent noodles
Metro Mart

ल्यापटपमा केही सफ्टवेयर अपडेट गर्नुपर्ने भएको र यो काम सकिएलगत्तै प्रदेश सांसदहरुलाई वितरण गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले डेल कम्पनीको ल्याटिच्युड ३३९० मोडलको ल्यापटप प्रदेश सांसदहरुलाई वितरण गरिने जानकारी दिए । ‘सर्भरसहितको सेवा उपलब्ध रहेको ल्यापटपमा सफ्टवेयर अपडेट गर्ने काम भइरहेको छ, यो सकिएलगत्तै माननीयज्यूहरुलाई वितरण हुन्छ,’ सचिव यादवले भने ।

१०७ प्रदेशसभा सदस्यसहित कार्यालय प्रयोजनको लागिसमेत गरेर ११८ वटा ल्यापटप खरिद गरिएको उनले बताए । गत आर्थिक वर्षमै समावेश गरिएको कार्यक्रम भए पनि कार्यक्रम बहुवर्षीय शीर्षकमा समावेश भएकोले ल्यापटप बाँड्न कुनै समस्या नरहेको उनले दाबी गरे ।

प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने योजनाअनुरुप प्रदेश सांसदहरुलाई ल्यापटप वितरण गर्न लागिएको सचिवालयले जनाएको छ । विधेयक, प्रदेशसभाको कार्यसूचीलगायत सामग्री कागजमा प्रिन्ट गरेर वितरण गर्दा खर्च बढेकोले खर्च न्यूनीकरण गर्न ल्यापटप वितरण गर्न लागिएको सचिवालयको भनाइ छ ।

ल्यापटप वितरण गरेर सचिवालयले प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने तयारी गरे पनि सबै प्रदेशसभा सदस्यहरुका लागि यसको प्रयोग भने सहज देखिएको छैन । कतिपय सांसदहरु ल्यापटप र इन्टरनेट प्रयोगबारे जानकार छैनन् । त्यस्ता सांसदहरुलाई तिनका स्वकीय सचिवले सहयोग गर्ने सचिव यादवको भनाइ छ ।

प्रकाशित: Feb 11, 2020| 17:38 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।