शुक्रबार, वैशाख ७, २०८१

दोहोरो अंकले उकालो लाग्यो बजार, नेप्से १३४१ अंकमा

केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार परिसूचक मंगलबार १७.११ अंकले उकालो लागेर १३४१.३८ अंकमा अडिएको छ । सोमबार ४ अंकले बढेको बजार आइतबार १३ अंकले ओरालो लागेको थियो ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार परिसूचक मंगलबार १७.११ अंकले उकालो लागेर १३४१.३८ अंकमा अडिएको छ । सोमबार ४ अंकले बढेको बजार आइतबार १३ अंकले ओरालो लागेको थियो ।

triton college

आज भने कारोबार रकममा पनि बढोत्तरी भएको छ । यसदिन १७५ कम्पनीको एक अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ ।

व्यापारबाहेक सबै समूहगत उपसूचक उकालो लागेका थिए। यसदिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। सो कम्पनीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनआइसी एसिया बैंक, सिभिल बैंक लिमिटेड, छिमेक लघुवित्त बैंक लगायतका कम्पनीको कारोबार धेरै भएको छ ।

मंगलबार ६ प्रतिशत भन्दा बढी कमाउनेमा कालिका पावर कम्पनी, नेपाल सेवा लघुवित्त वित्तिय सेवा, नेपाल हाइड्रो डेभलपर्स, लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । धेरै गुमाउनेमा युनियन हाइड्रोपावर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता रहेको नेप्सेले जनाएको छ ।

यसदिन समूहगत परिसूचकमा बैंकिङ १४.४८, विकास बैंक १८.६४, जलविद्युत ९.८९, निर्जीबन ९३.४७, जीबन बीमा कम्पनी ५३.२६, लघुवित्त ७०.२२ अंकले उकालो लागेको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Feb 11, 2020| 15:57 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्