शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसदमा छैनन् दोभाषे, क्यानेडियन सभामुखले केही बुझेनन्

संसदमा छैनन् दोभाषे, क्यानेडियन सभामुखले केही बुझेनन्

क्यानडियन टोलीको सम्मानका लागि शीर्ष दलका नेताहरुलाई विशेष समयमा स्वागत गर्न भनिएको थियो।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो। प्रतिनिधिसभाले गरेका निर्णयलाई रोक्न सक्ने हैसियत राखेको स्थायी प्रकृतिको हो राष्ट्रियसभा।

triton college

तर, दलहरुले उपयुक्त पात्र पठाउन नसक्दा राष्ट्रियसभाको भूमिका कमजोर देखिँदै आएको छ। राष्ट्रियसभा सोमबार अन्तर्राष्ट्रिय पाहुनासामु पनि लज्जित हुनुपर्‍यो।

क्यानडाको माथिल्लो सदनका सभामुख फ्युरीसहित सांसदहरुको टोली नेपाल भ्रमणमा छन्। राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको निमन्त्रणामा दुईदिने भ्रमणमा आएको टोलीको सम्मानमा सोमबार राष्ट्रियसभा बैठक बसेको थियो।

क्यानडियन टोलीको सम्मानका लागि शीर्ष दलका नेताहरुलाई विशेष समयमा स्वागत गर्न भनिएको थियो ।

सत्तारुढ नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र राजपा सांसद रमेशप्रसाद यादवले बोले। नेकपा संसदीय दलका नेता शर्माले स्वागत मन्तव्य दिएका थिए।

corrent noodles
Metro Mart

तर पाण्डे र यादवले नियमित बैठकमा जसरी सरकारकाे आलाेचनामै समय खर्चिए। उनीहरुले विशिष्ट कक्षमा रहेका क्यानडाली टाेलीप्रति बेवास्ता जस्तै गरे।

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता पाण्डेले भने स्वागतभन्दा पनि सरकारप्रतिको आक्रोश व्यक्त गरे।

पाण्डेले सरकारद्वारा संविधान मिचिएको र संविधानविपरीतका विधेयक ल्याएको भन्दै विरोध जनाए। उनले सरकारले काम गर्न नसकेको भन्दै राष्ट्रियसभा अध्यक्षको ध्यानाकर्षण गराए। उनले बहुमतबाट कानुन निर्माण गरेर संविधान उल्लंघन गरिएको बताउँदै सत्तारुढ दलको आलोचना गरे।

राजपा सांसद रमेशप्रसाद यादवले संविधान संशोधनको विषय उठाए। उनले उखु किसानहरुले पैसा पाउन नसकेको विषय स्वागत मन्तव्यमा राखे।

अव्यवस्थित सचिवालय

विभिन्न देशको सदनमा स्थायी रुपमै भाषा अनुवादक (दोभाषे) को व्यवस्था हुन्छ। उनीहरूले सांसदहरूको भनाइलाई विभिन्न भाषामा अनुवाद गर्छन्।

अन्तर्राष्ट्रिय पाहुनाहरु आउँदा विशेष भाषा अनुवादकको व्यवस्था गरिएको हुन्छ। तर, नेपालको राष्ट्रियसभामा त्यस्तो छैन।
क्यानडाबाट माथिल्लो सदनको सभामुख पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। सोमबार उनीहरुकै सम्मानमा सांसदहरुले बोलिरहँदा क्यानेडियन सांसदहरु टोलाउँदै थिए। उनीहरुले व्यवस्थित रुपमा भाषा अनुवादक नपाउँदा स‌ंसदमा के भइरहेकाे छ भन्ने नै बुझेनन्।

 

प्रकाशित: Feb 10, 2020| 15:10 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।