बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डका घरबेटी ठेकेदारको अलकत्रा कारखाना गैरकानुनी, गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने धम्की

प्रचण्डका घरबेटी ठेकेदारको अलकत्रा कारखाना गैरकानुनी, गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने धम्की

प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीले गैरकानुनी तवरलेअलकत्रा काराखाना चलाएको पाइएकाे छ । बालुवा र गिटी को डिपो खोल्न अनुमति लिएर चार वर्षदेखि उनले अलकत्रा उद्योग चलाइराखेका छन् ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई मुख्य समाचार बनाएका छन् ।

triton college

आजको नागरिक दैनिकले प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीले चलाएको अलकत्रा काराखाना गैरकानुनी भएको खुलासा गर्दै यसै विषयलाई मुख्य समाचार बनाएको छ । अधिकारीले बालुवा र गिटीको डिपो खोल्न अनुमति लिएर चार वर्षदेखि अलकत्रा उद्योग चलाइरहेको समाचारमा उल्लेख छ ।

नागरिकले लेखेको छ- ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेको उक्त कारखानाका अध्यक्ष हुन्। त्यस कारखानाबाट उत्सर्जन हुने प्रदूषणले स्थानीयवासीलाई ठूलो प्रभाव पारेको छ भने उद्योग नै गैरकानुनी रहेको पाइएको छ ।

ललितपुर महानगरपालिकाका राजस्व प्रमुख डिल्लीराज शाक्य सो कारखानाले बालुवा र गिटीको डिपो खोल्न अनुमति लिएको तर अलकत्रा कारखाना खोल्न अनुमति नलिएको बताउँछन्।

‘महानगरपालिकाभित्र यस प्रकारका कारखाना खोल्न पाइँदैन,’ शाक्य भन्छन्, ‘हामीले कारखाना बन्द गर्न भनेर चिठी पनि पढाएको हो तर सैलुङले हाम्रो आदेशलाई अवज्ञा गर्दैे आएको छ।’

corrent noodles
Metro Mart

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईका अनुसार ‘यसप्रकारका कारखाना महानगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योग विभागसँग अनुमति लिनुपर्छ । तर यो कारखानाले त्यस्तो अनुमति लिएको छैन ।

भट्टराई भन्छन्, ‘यो कारखानाले अनुमति लिएको पनि छैन, अब हामी यसको अनुगमन गर्छौं र आवश्यक कारबाही गर्छौं ।’

कारखानाकाले पारेको असरबारे प्रबन्धकसँग गुनासो गर्न जाँदा जिउँदै जलाउने धम्की दिएको स्थानीयको आरोप छ । कारखानाबाट परिचालित गुन्डाको कारबाहीमा पर्ने डरमा धेरैजसो स्थानीय बोल्नसमेत डराउँछन्।

कारखानाबारे सोधखोज गर्दा ललितपुर महानगरपालिका–२७ की वडा सदस्य सपना महर्जन यो विषयमा बोल्न चाहिनन्। स्थानीयलाई डरत्रास देखाई सञ्चालनमा रहेको यो कारखाना गैरकानुनी रहेको नागरिक खोजले देखाएको छ।

सैबुका ६४ वर्षीय उत्तम खड्काका अनुसार कारखाना दिनको २४सै घन्टा सञ्चालनमा रहन्छ। ‘एक वर्षअघि स्थानीयवासी कारखानामा आफ्ना गुनासा राख्न गएका थिए तर उनीहरूलाई जिउँदै जलाउने धम्की दिइयो र त्यसपछि कसैले पनि कारखानाका अधिकारीसँग कुरा गर्ने आँट गरेका छैनन्,’ खड्का भन्छन्।

उनका अनुसार स्थानीयलाई तर्साउन कारखानाले खास गुन्डाहरूलाई परिचालन नै गरेको छ।

यस्तै नागरिकले शिक्षक तिलकराम नेपालीलाई माओवादीले मृत्युदण्ड दिनुअघि २०५८ चैत १२ गते लेखेको आठ पेज लामो अन्तिम पत्रको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

उसले सशस्त्र द्वन्द्वको चहर्याइरहने घाउः शवमै राखिएको थियो अन्तिम पत्र शीर्षकमा खबर लेखेको छ ।

आजको कान्तिपुर दैनिकले निर्मला पन्त हत्या काण्डका विषयमा एआईजीको प्रतिवेदन खारेज गर्दै दिलीपसिंह विष्ट नै मुख्य दोषी भएको भनि अनुसन्धान अघि बढाइएको विषयलाई मुख्य समाचार बनाएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ ।

यस्तै कान्तिपुरले अबको आइजीपी को ? शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । उसले आइजीपी सर्वेन्द्र खनालको कामको लेखाजोखा पनि गरेको छ ।

आजको नयाँ पत्रिकाले भने आठ आठ हजार डलर लिएर बालबालिका विदेश पठाउने कारोबारमा सरकार शीर्षकमा मुख्य समाचार छापेको छ ।

उसले लेखेको छ– धर्मसन्तानका नाममा २० वर्षमा २६ सय ३३ बालबालिका विदेश पठाएर सरकारले दुई करोड १० लाख ६४ हजार डलर संकलन गरेको छ । तर ती बालबालिका कहाँ कुन अवस्थामा छन् भनेर सोधखोज गर्ने कुनै संयन्त्र छैन ।

यस्तै आजको अन्पूर्ण पोस्ट्ले कोरोना भाइरसको आतंक फैलिएपछि चीनमा उद्धारको पर्खाइमा रहेका डा. गौरव पोखरेल र मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माबीच आइतबार मध्याह्न भएको भिडियो कुराकानीलाई मुख्य समाचारका रुपमा छापेको छ ।

यस्तै आजका अन्य पत्रपत्रिकाले चीनको वुहानबाट चाडो नेपालीलाई फर्काउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको विषयलाई महत्वका साथ छापेका छन्।

प्रकाशित: Feb 10, 2020| 07:23 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।