शुक्रबार, वैशाख १४, २०८१

अर्को विश्व महामारी बन्न सक्छ निपाह भाइरस

भारतको केरलमा १२ वर्षीय एक किशोरको मृत्यु भएको छ। ती किशोरको मृत्यु निपाह भाइरसका कारण भएको पुष्टि भएको छ। अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

३ जनवरी २०२० को दिन थियो त्यो। सुपापोर्ण वकाराप्लेसादी डेलिभरीको प्रतीक्षामा थिइन्। चीनको वुहान सहरमा एउटा रहस्यमयी भाइरस फैलिरहेको खबर विश्वभर फैलिसकेको थियो। उक्त भाइरसले मानिसहरुलाई सास फेर्न गाह्रो भइरहेको समाचार आइरहेका थिए। 

triton college

चीनमा नयाँ वर्षको छुट्टी सुरु हुँदैथियो र चिनियाँ पर्यटक छुट्टी मनाउन थाइल्याण्ड जानेवाला थिए। थाई सरकारले वुहानबाट आउने पर्यटकको स्क्रिनिङ गर्न थालेको थियो एयरपोर्टमा। उनीहरुबाट लिइएको स्याम्पल विभिन्न ल्याबमा पठाइँदै थियो। सुपापोर्णको ल्याव समेत यसमा समावेश थियो। 

त्यसको काम थियो नमुनाको प्रोेसेस गर्नु र पत्ता लगाउनु। सुपापोर्ण एक सुपर भाइरस हन्टर हुन्, जो बैंककमा थाई रेड क्रस इमरजिङ इन्फेक्सियस सिसिज हेल्थ सेन्टर चलाउँछिन्। यो सेन्टर गत वर्षबाट प्रेडिक्ट कार्यक्रमसँग जोडिएको छ। यसको काम भविष्यमा हुन सक्ने महामारी पत्ता लगाउनु र त्यसलाई रोक्नु हो।

त्यो टिमले केही प्रजातिको नमुना लियो। तर उनको काम चमेरामाथि नै हो। चमेरामा धेरै प्रकारका भाइरस रहने बताइँदै आइएको छ। त्यो टिमले केही दिनमै भाइरस पत्ता लगायो र चीन बाहिर समेत कोरोना संक्रमणको पहिलो घटनाको पुष्टि गर्यो।

उनीहरुले यो नयाँ भाइरस अहिलेसम्म मानिसमा नरहेको र त्यो भाइरस कोरोना भाइरससँग मिल्न सक्ने पत्ता लगाए। उनीहरुले पहिले नै चमेरामा यो भाइरस खोजेका थिए। 

corrent noodles
Metro Mart

चाँडै पत्ता लागेको जानकारीका माध्यमबाट सरकारले संक्रमितलाई क्वारेन्टिनमा राख्यो। र सर्वसाधारणलाई यसका बारेमा जानकारी दियो। थाइल्यान्डको जनसंख्या करिब सात करोड छ। यसका बाबजुद सन् २०२१ को जनवरीसम्म थाइल्यान्डमा कोरोना संक्रमितको संख्या केवल ८ हजार ९५५ छ। थाइल्यान्डमा कोरोनाका कारण केवल ६५ जनाको मृत्यु भएको छ।

विश्व कोरोना संक्रमणको जालबाट बाहिर निस्किने कोसिस गरिरहेको छ। तर थाइल्यान्डमा सुपापोर्ण र त्यसको टिम आगामी महामारीको तयारी गरिरहेको छ। एसियामा संक्रामक रोग ठूलो संख्यामा छन्। गर्मी वातावरणका कारण यहाँ जिवका धेरै प्रजाति छन्। जसका कारण यहाँ पैथाजेन समेत ठूलो संख्यामा छ। यही कारण यहाँ नयाँ भाइरस आउने खतरा समेत धेरै हुन्छ। बढ्दो जनसंख्यासँग मानिस र जनवारका बीचमा बढ्दो सम्पर्कले जनावरबाट भाइरस मानिसमा आउने खतरा समेत बढेको छ।

सुपापोर्ण र उनको टिमले ठूलो संख्यामा चमेरोमा परीक्षण गरेका छन्। उनीहरुले हजारौ चमेराको नमुना संकलन गरेका छन्। यही क्रममा उनीहरुले धेरै भाइरस समेत खोजेका छन्। तीमध्ये अधिकांश कोरोना भाइरस छन्। केही यस्ता खतरनाक रोग समेत छन्, जुन जनावरबाट मानिससम्म आउन सक्छन्।

यसैमध्येको एक हो, निपाह भाइरस। फ्रुट बेट्स वा चमेरामा यो प्राकृतिक रुपमा पाइएको छ। सुपापोर्ण भन्छिन्, ‘यसको कुनै उपचार छैन। यो नै सबैभन्दा ठूलो चिन्ता हो।’ सुपापोर्णका अनुसार यो भाइरसबाट संक्रमित मानिसमध्ये ४० देखि ७५ प्रतिशतको मृत्यु हुन्छ। तर, यसमा संक्रमण कहाँ फैलिएको छ भन्नमा समेत निर्भर गर्छ।

सुपापोर्ण र उनको टिमले ठूलो संख्यामा चमेरोमा परीक्षण गरेका छन्। उनीहरुले हजारौ चमेराको नमुना संकलन गरेका छन्। यही क्रममा उनीहरुले धेरै भाइरस समेत खोजेका छन्। तीमध्ये अधिकांश कोरोना भाइरस छन्। केही यस्ता खतरनाक रोग समेत छन्, जुन जनावरबाट मानिससम्म आउन सक्छन्।
निपाहको खतरालाई लिएर सुपापोर्ण मात्रै चिन्तित छैनन्, विश्व स्वास्थ्य संगठनले हरेक वर्ष पैथोजेनको समीक्षा गर्छ, जुन ठूलो महामारीको कारण बन्न सक्छ। रिसर्च फन्डलाई सही ठाउँमा लगाउन यस्तो गर्ने गरिन्छ। ताकि खतरनाक भाइरसमाथि पहिले नै अनुसन्धान गर्न सकियोस्।

सबैभन्दा धेरै ध्यान ती भाइरसमा दिइन्छ, जुन मानिसको स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा हुन सक्छन्, जसमा महामारी बन्ने सम्भावना हुन्छ र जसको कुनै उपचार छैन।

निपाह भाइरस डब्ल्यूएचओको शीर्ष दश भाइरसमा समावेश छ। एसियामा पहिले नै भाइरसको धेरै संक्रमण भइसकेको छ। यस्तोमा भाइरसको सूचीको अन्त्यका बारेमा भन्न सकिन्नँ। निपाह खतरनाक हुनुको धेरै कारण छन्। यसको इंक्यूबेसन पिरियड (संक्रामक समय) निकै लामो छ। एक घटनामा त यो ४५ दिन लामो थियो। यसको मतलब कुनै बेला संक्रमित भए उसलाई संक्रमण भएको छ वा छैन भनेर पत्ता लगाउन सकिँदैन। अनजानमै यो मानिसहरुमा फैलन सक्छ।

यसमा जनवारका धेरै प्रजाति समेत संक्रमित हुन सक्छन्। जसले यो अझ फैलन सक्ने खतरा बढाउँछ। साथै भाइरस सिधै सम्पर्कका साथै दूषित खान खानाले समेत हुन सक्छ। निपाहबाट संक्रमित केही मानिसहरुमा स्वास फेर्न समस्या हुने, खोकी, थकान, दुखाइ र इन्सेफलाइटिस जस्ता लक्षण समेत देखिन सक्छ। इन्सेफलाइटिस हुँदा दिमाग सुन्निन सक्छ र मृत्यु हुन सक्छ।

उत्तर पश्चिमी कम्बोडियामा सांगको नदी किनारमा बसेको बाटमबैंग सहरको एक बजारमा महिलाहरु फलफूल र तरकारी बेचिरहेका छन्। पहिलो नजरमा यो सामान्य बजार लाग्न सक्छ। तर ध्यान दिएर हेर्ने हो भने यहाँ भाइरसको खतरा मडारिएको देख्न सकिन्छ।

त्यहाँका रुखमा चमेरा बसिरहेका छन्। तल हिँडिरहेका मानिसमाथि चमेराले दिसापिसाब गरिहेका छन्। बजारका पसलको छतमा चमेरा भेला भएका छन्। बीएसना डांग भन्छन्– ‘सामान्य मानिस र गल्लीका कुकुर यहाँबाट दैनिक हिँडडुल गर्छन्। उनीहरु माथि चमेराको पिसाब झर्ने खरता बनिरहेको हुन्छ।’

डांग पनोम पेनमा साइन्टिफिक रिसर्च ल्याबका प्रमुख हुन्। उनी सुपापोर्णको ल्याबसँग मिलेर काम गर्छन्। डांगले कम्बोडियाका केही यस्ता ठाउँको पहिचान गरेका छन्। जहाँ जनावर र मानिस चमेराको सिधा सम्पर्कमा आउँछन्। बाटमबैंग बजार समेत ती ठाउँमध्ये एक हो।

त्यहाँका रुखमा चमेरा बसिरहेका छन्। तल हिँडिरहेका मानिसमाथि चमेराले दिसापिसाब गरिहेका छन्। बजारका पसलको छतमा चमेरा भेला भएका छन्। बीएसना डांग भन्छन्– ‘सामान्य मानिस र गल्लीका कुकुर यहाँबाट दैनिक हिँडडुल गर्छन्। उनीहरु माथि चमेराको पिसाब झर्ने खरता बनिरहेको हुन्छ।’

उनको टिमले चमेरा र मानिसबीचको दूरी र भाइरस फैलन सक्ने सम्भानाका बारेमा अध्ययन गरिरहेको छ।

डांग भन्छन्, ‘यो खालको सम्पर्कले भाइरसलाई आफ्नो रुप परिवर्तन गर्ने मौका समेत दिन्छ। र यसले नयाँ महामारीको सुरुवात गराउन सक्छ।’

खतराका बाबजूद चमेरा र मानिसबीच नजिक आउने, जाने अनगिन्ति हुन्छ। डांग भन्छन्– हामी यहाँ ९कम्बोडिया० र थाइल्यान्डमा चमेरा माथि नजर राख्छौं। बजार, स्कुल, धार्मिक स्थल जस्ता पर्यटन स्थलमा हाम्रो नजर रहन्छ।’

उनका अनुसार अंकोर वाटमा त चमेराको ठूलो झुण्ड नै छ। एक सामान्य वर्षमा २६ लाखभन्दा धेरै पर्यटक अंकोर वाट आउने गर्छन्। डांग भन्छन्, ‘यस्तोमा केवल अंकोर वाटमा नै निपाह भाइरस मानिसमा आउने सम्भावना २६ लाख पटक हुन्छ। यो केवल एक ठाउँको तथ्यांक हो।’

सन् २०१३ देखि २०१६ बीचको अवधिमा डांग र उनको टिमले चमेरा र निपाह भाइरसलाई बुझ्नका लागि चमेरामा जीपीएस डिभाइसका माध्यमबाट ट्र्याक गरेका थिए। उनीहरुले कम्बोडियाको चमेरा भारत र बंगलादेशका चमेराबीच तुलनात्मक अध्ययन समेत गरे।

बंगलादेश र भारत दुवैमा निपाह संक्रमणको घटना देखियो। दुवै ठाउँमा यो संक्रमण खजूरको जुस पिउँदा हुने देखियो। रातमा संक्रमित चमेरा खजूरको रुखमा फल खान जाने गर्थे। र जुस जम्मा गर्नका लागि राखिएका भाँडामा पिसाब गर्थे। यो विषयमा अनभिज्ञ रहेका आसपासका मानिस सडकमा जुस बेचिरहेका हुन्थे। र ग्राहकले जुस किनेर पिउने गर्थे। उनीहरुमा संक्रमण पुग्थ्यो। 

सन् २००१ देखि २०११ को बीचमा बंगलादेशमा निपाह संक्रमणका ११ घटना देखिए। जसमा १९६ मानिस संक्रमित भएका थिए। तीमध्ये १५० जनाको मृत्यु भएको थियो।

खजुरको जुस कम्बोडियामा समेत निकै लोकप्रिय छ। डांग र उनको टिमले कम्बोडियामा चमेरा फलको खोजीमा हरेक रात सय किलोमिटरसम्म यात्रा गर्ने गरेको पत्ता लगाए।

उनी भन्छन्– ‘ती ठाउँमा मानिसलाई केवल चमेराको सम्पर्कलाई लिएर मात्रै होइन, फलफूल खाने विषयमा समेत चिन्तित हुनुपर्छ। जसलाई चमेराले दुषित गरेको हुन सक्छ।’

कम्बोडिया र थाइल्यान्डका ग्रामीण इलाकमा चमेराको दिसाबाट मल समेत बनाइन्छ। जसलाई स्थानीय भाषामा गुआनो भनिन्छ। यो स्थानीय मानिसका लागि कमाइको एक महत्वपूर्ण माध्यमसमेत हो। डांगले केही यस्ता इलाका पत्ता लगाएका छन्। जहाँ मानिसले चमेरालाई आफ्नो घर नजिक रहन आकर्षित गर्ने गरेका छन्। जसका कारण चमेराको दिसालाई मलको रुपमा बेच्न सकियोस्।

तर गुआनो बेच्ने धेरै मानिस यससँग जोडिएका खतराका बारेमा जानकार छैनन्। डांग भन्छन्, ‘जो मानिससँग मैले कुरा गरेको छु। ती मध्ये ६० प्रतिशतलाई चमेराबाट रोग सर्नसक्ने बारेमा जानकारी छैन। बाटमबैंग बजारमा हाँसको अण्डा बेचिरहेकी हरहीं सोपोर्ण डेयूनसँग चमेराका बारेमा सोधिएको प्रश्नमा उनले चमेराको सम्पर्कमा आउँदा विरामी नभएको सुनाइन्।’

डांग थप्छन्, ‘स्थानीय मानिसमा चमेराका बारेमा जागरुक गर्ने अभियान चलाउन आवश्यक छ। मानव इतिहासमा यस्तो समय पनि थियो, जब चमेराबाट टाढा रहन सहज थियो। तर मानिसले विश्वलाई परिवर्तन गरिरहेको छ र जनवार बस्ने ठाउँसमेत नष्ट भइरहेको छ। यस्ता क्रियाकलापले नयाँ रोग सहजै फैलिरहेका छन्।’

कम्बोडिया र थाइल्यान्डका ग्रामीण इलाकमा चमेराको दिसाबाट मल समेत बनाइन्छ। जसलाई स्थानीय भाषामा गुआनो भनिन्छ। यो स्थानीय मानिसका लागि कमाइको एक महत्वपूर्ण माध्यमसमेत हो। डांगले केही यस्ता इलाका पत्ता लगाएका छन्। जहाँ मानिसले चमेरालाई आफ्नो घर नजिक रहन आकर्षित गर्ने गरेका छन्। जसका कारण चमेराको दिसालाई मलको रुपमा बेच्न सकियोस्।

जनावरबाट मानिसमा फैलने रोगमाथि सन् २०२० मा यूनिभर्सिटी अफ एक्सटर रिभ्यूमा प्रकाशित समीक्षामा लेखिका रिबेका जे ह्वाइट र अली रेन्जगौरले लेखेका थिए, ‘जमिनको प्रयोगमा भइरहेको परिवर्तनबाट जनावरको रोग मानिसमा आउने दर बढिरहेको छ। जंगल फडानी र सहर विस्तारका कारण कृषिका लागि जमिन फराकिलो बनाइनु पनि यसको कारण हो।’

विश्वको ६० प्रतिशत जनसंख्या एसिया प्रशान्त क्षेत्रमा बस्छ। जहाँ अहिले ठूलो मात्रामा सहरीकरण भइरहेको छ। विश्व बैंकको तथ्यांक अनुसार सन् २००० देखि २०१० को बीचमा पूर्व एसियामा करिब २० करोड मानिस सहरमा आएर बसेका छन्।

चमेराको प्राकृतिक निवासस्थान नष्ट हुनुभन्दा पहिला पनि निपाह संक्रमण भइसकेको छ। सन् १९९८ मा मलेसियामा भएको निपाह संक्रमणबाट सयभन्दा धेरै मानिस मरेका थिए।

अनुसन्धानकर्ता जंगल फडानी र प्राकृतिक निवासस्थान नष्ट हुँदा चमेरो फलफूल बगानतर्फ सरेको निष्कर्षमा पुगेका थिए। सुँगुर पालिएको स्थानमा चमेरा तनावमा हुने र भाइरस छोड्ने गरेको अध्ययनले पत्ता लगाएको थियो।

चमेरालाई आफ्नो ठाउँ छोड्न बाध्य हुनुपरेको र नयाँ ठाउँमा उनीहरुको सम्पर्क यस्ता जनावरसँग भयो। जसको सम्पर्कमा उनीहरु रहँदैन थिए। यही नयाँ परिस्थितिमा भाइरस चमेराबाट सुँगुरमा आयो र सुगुरबाट मानिसमा।

विश्वभरको १५ प्रतिशत उष्णकटिबन्धीय वन एसियामा छ। तर अहिले यहाँ ठूलो मात्रामा जंगल काटिइरहेको छ। विश्वमा जैविक विविधताको सबैभन्दा धेरै नोक्सान एसियामा भइरहेको छ। यसको ठूलो कारण जंगल काट्नु हो। मलेसियामा नरिवलको खेतीका लागि ठूलो जंगल काटिँदैछ। चमेरा घना जंगलमा रहन्छन्। उनीहरुसँग खानका लागि पर्याप्त फलफूल हून्छ। जब उनीहरुको घर नष्ट गरिन्छ, उनीहरु पेट भर्नका लागि नयाँ तरिका खोज्छन्। ती चमेरा घरमा बस्न सक्छन् वा अंकोर वाट जस्ता ठाउँमा बस्छन्।

डांग भन्छन्, ‘जुन चमेरालाई हामीले दिनहुँ सयौ किलोमिटर यात्रा गरेको देखेका छौं। यस्तो हुनुको एक कारण प्राकृतिक वासस्थान नष्ट गरिनु पनि हो। अब हामी चमेराबाट धेरै भयानक रोगका भाइरस हुन्छन् भन्ने जानकार छौं जस्तै– कोरोना भाइरस, निपाह, सार्स र इबोला। चमेराबाट छुटकारा नपाउने हो भने अवस्था थप खराब हुन सक्छ।

वन हेल्थ इन्स्टिट्युट ल्याबसँग जोडिएका र प्रोडिक्ट प्रोजेक्टका निर्देशक ट्रेसी गोल्डस्टिन भन्छन्, ‘चमेरा मार्दाको परिणाम भयानक हुन्छ। इकोसिस्टममा चमेराले महत्वपूर्ण भूमिका निभाउँछन्। चमेराले पाँच सयभन्दा धेरै प्रजातिका रुखमा पोलिनेसन गर्छन्। चमेराले किरा खाएर किराको जनसंख्या समेत नियन्त्रण गर्छन्। जुन मलेरिया जस्ता विरामीको नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ।

गोल्डस्टिनका अनुसार चमेराले मानव स्वास्थ्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। उनी भन्छन्, ‘यदि हामीले चमेरालाई मार्यौ भने चमेराको संख्या बढाउन दबाब आउँछ र यसले मानिसका लागि खतरा बढाउँछ। जनावर मार्नाले भाइरस छोड्ने जनावरको संख्या बढ्छ। जुन हाम्रा लागि खतरनाक हुनेछ।

डांगको टिम कम्बोडियामा निपाहको संक्रमण किन भएन भन्ने प्रश्नको जवाफ खोज्न केन्द्रित छ। तर, अहिलेसम्म जवाफ प्राप्त भएको छैन। 

यसैबीच, भारतको केरलमा १२ वर्षीय एक किशोरको मृत्यु भएको छ। ती किशोरको मृत्यु निपाह भाइरसका कारण भएको पुष्टि भएको छ। अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएको छ। 

मे २०१८ मा पहिलो पटक केरलमै निपाह भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यतिबेला यो भाइरसको संक्रमणबाट १७ जनाको ज्यान गएको थियो। 

–बीबीसी हिन्दीबाट

प्रकाशित: Sep 06, 2021| 11:43 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्