बिहीबार, वैशाख १३, २०८१

नेपाल प्रहरीमा बढुवा ढिला हुँदा नैराश्यता बढ्दो

नेपाल प्रहरीमा ठूलो संख्यामा अधिकृत दरबन्दी रिक्त भए पनि बढुवा प्रक्रिया अघि नबढ्दा प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं- नेपाल प्रहरीमा ठूलो संख्यामा अधिकृत दरबन्दी रिक्त भए पनि बढुवा प्रक्रिया अघि नबढ्दा प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।

triton college

लामो समयदेखि प्रहरी नायव महानिरीक्षक (डिआइजी) देखि प्रहरी निरीक्षकसम्म ५ वटा तहमा ४ सय बढी पद रिक्त छन्। बढुवा प्रक्रियामा ढिलाई हुँदा प्रहरी अधिकृतहरुमा नैराश्यता छाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार हाल प्राविधिक र साधारण गरी अधिकृत स्तरमा ४ सय १७ दरबन्दी रिक्त छ।

जसमा डिआइजी प्राविधिक र साधारण १–१ गरी २, एसएसपीमा साधारण ९ र प्राविधिक ७ गरी १६, एसपीमा साधारण ६ र प्राविधिक ११ गरी १७, डिएसपीमा साधारण ३२ र प्राविधिक २० गरी ५२ तथा प्रहरी निरीक्षकमा साधारण १ सय ६४ र प्राविधिक ५५ गरी १ सय १९ दरबन्दी रिक्त छन्।

यसअघि आइजिपी सर्वोन्द्र खनाल र गृह सचिव प्रेम राईबीच सहमति नजुट्दा डिआइजी र एसएसपी बढुवा प्रक्रिया रोकिएको थियो। गृह सचिव राईको जागिर अवधि सकिएर घर गैसकेका छन्।

corrent noodles
Metro Mart

आइजिपी खनाल पनि ३० वर्षीय सेवा अवधि सकेर आगामी २९ गते घर जाँदैछन्। दुबै जना सँगसँगै घर जान लागेकाले पनि बढुवा प्रक्रिया प्राथमिकतामा नपरेको कतिपयको बुझाइ छ।

गृह सचिवमा महेश्वर न्यौपाने नियुक्त भैसके पनि आइजिपी खनाल केही दिनमा सेवा निवृत्त हुने भएकाले त्यस अघि नै बढुवा प्रक्रिया अघि बढ्ने सम्भावना नरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनायो।

नयाँ आइजिपी नियुक्त भएपछि सुरु हुने बढुवा प्रक्रिया तत्कालै अघि बढ्न सक्ने देखिदैन। यसले गर्दा आफूहरुको वृत्ति विकासमा असर परेको बढुवाका आकांक्षीहरु बताउछन्।

प्रहरी नियमावली २०७१ अनुसार डिआइजी र एसएसपी बढुवा सिफारिसको लागि गृह सचिवको अध्यक्षतामा आइजिपी सदस्य र आइजिपीले तोकेको एआइजी सदस्य सचिव हुने व्यवस्था छ।

एसपीदेखि प्रहरी इन्स्पेक्टरसम्म बढुवाको लागि आइजिपीको अध्यक्षतामा गृह मन्त्रालयका सहसचिव सदस्य र आइजिपीले तोकेको एआइजी वा डिआइजी सदस्य सचिव हुने व्यवस्था छ।

माथिल्लो तहका अधिकृतहरुको बढुवा रोकिएसँगै त्यसको असर प्रहरी जवानसम्म पर्ने गरेको छ।

तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटामा सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै पद रिक्त रहेको ३ महिनाभित्र पदपूर्ति गर्न निर्देशन दिएको थियो। अहिले पनि पद रिक्त भएको ६ महिनासम्म पनि पूर्ति हुन सकेको छैन।

बढुवा प्रक्रियामा ढिलाई हुँदा काम गर्ने जाँगर मर्नुका साथै नैराश्यता बढेको एक जना एसपीले बताए। ‘समयमै बढुवा भएको भए कमैमा प्रतिष्प्रधा गर्न पाइन्थ्यो’ उनले भने,‘जति ढिला भयो उति प्रतिस्पर्धी बढ्ने र चलखेल पनि धेरै हुन्छ।’

एसपी भएको ३ बर्ष अवधि पुगेपछि मात्रै एसएसी हुन योग्य मानिन्छ। एसपी भएको ३ वर्ष पुगे पनि बढुवा गर्दा सिनियरलाई पहिलो प्राथमिकता दिनुपर्ने अर्का एसपीले बताए। ‘आफू भन्दा जुनियर भएर काम गरेको मान्छे बढुवामा पर्दा काम गर्न सकिदैन’ ति एसपीले भने, ‘जुनियरको बढुवा भएर सिनिएर रोकिँदा संगठनमा अनुशासन कायम हुँदैन।’

पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी प्रहरी संगठन निश्चित अवधिको जागिर भएकाले बढुवा प्रक्रियामा ढिलाई हुँदा त्यसबाट वृत्ति विकासका ठूलो असर पर्ने बताउछन्। नेपाल प्रहरी प्रक्रियामूखि सस्था भएकाले बढुवा प्रक्रियामा ढिलाई गर्नै नहुँने उनको भनाई छ।

बढुवा प्रक्रिया व्यवस्थित नहुँदा त्यसले व्यक्तिलाई मात्र नभएर संगठनलाई नै असर पर्ने भण्डारीको भनाई छ। ‘लामो समय एउटै पदमा बस्दा निरासा पैदा हुन्छ र त्यसले व्यक्ति, संगठन कसैलाई राम्रो गर्दैन’ भण्डारीले भने।

रिक्त पद संख्या कम र उम्मेदवार बढी हुँदा नेतृत्व तहमा बस्नेहरुका आफ्ना मान्छे बढुवा गर्न नसकिने भएर पनि बढुवा प्रक्रिया लम्ब्याउने भण्डारीको भनाई छ।

प्रहरी नायब महानिरीक्षक (डिआईजी)को एक पदमा बढुवाका लागि एसएसपीहरु घनश्याम अर्याल, धिरज प्रताप सिंह, गणेश ऐर, बिरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कंडेल, प्रकाश जङग कार्की, वसन्त कुमार पन्त, ईश्वर बाबू कार्की, दिलिप कुमार चौधरी, राजेशलाल कर्ण, देब बहादुर बोहोरा,

उत्तमराज सुवेदी, वसन्त लामा, दिवस लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रवीन्द्र धानुक गरी १८ जना दाबेदार छन्।

यस्तै रिक्त रहेको एसएसपीमा बढुवा हुनको लागि हालका एसपीहरु विष्णुबहादुर केसी, दुर्गा सिंह, भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, राजेशनाथ बाँस्तोला, सुदीप गिरी, जनक भट्टराई, केदार ढकाललगायत त्यसको प्रतिस्पर्धामा छन्। उनीहरु सबै ०७१ मा एसपी भएका हुन्। पछिल्लो व्याजका अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पञ्जियार, किरण राणालगायत पनि प्रतिस्पर्धामा छन्।

त्यसैगरी रिक्त एसपी पदका लागि डीएसपीहरु तुलबहादुर कार्की, राकेश सिंह, केदार खनाल, रामप्रकाश शाह, राजीवबहादुर बस्नेत र प्रवीणलाल श्रेष्ठ, ऋषिराम कँडेल, भुवनेश्वर तिवारी, वेद विष्ट, प्रभुप्रसाद ढकाल, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, अमरेन्द्र बहादुर सिंह, सुरेशप्रसाद काफ्ले, नकुल पोखरेल, प्रेमबहादुर बस्नेत, ज्ञानेश्वरप्रसाद फुँयाल, महेन्द्र खड्का, दीपक पोखरेल, सञ्जयसिंह थापा, राजकुमार सिलवाल, श्यामसिंह चौधरी, वासुदेव खतिवडा, होविन्द्र बोगटी, प्रकाश मल्ल, पदमबहादुर विष्ट, प्रविण धिताल, दीपेन्द्र शाह, दीपेन्द्र शाही, महेन्द्रकुमार श्रेष्ठ, दयानिधि ज्ञवाली र राजेन्द्रबाबु रेग्मी लगायत एसपीका लागि प्रतिस्पर्धी छन्।

३० वर्षे सेवा अवधिकार कारण आइजिपी खनाल, ३ एआइजी र १८ डिआइजीसँगै घर जाँदैछन्। हाल प्रहरीभित्र रहेका उच्चपदस्थ अधिकारीहरु एकैसाथ अवकाश पाउने भएपछि डिआईजीबाटै आईजीपी बनाउनुपर्ने अवस्था आएको छ।

यसो गर्दा डिआईजी ठाकुर ज्ञवाली आईजीपी बन्ने लगभग पक्कापक्की जस्तै भएको छ। प्रहरीभित्र कर्मठ र कर्तव्यनिष्ठ, निश्कलंक अधिकारीका रुपमा रहेका ज्ञवालीको नेकपाका नेताहरुसँग पनि राम्रो सम्बन्ध भएका कारण उनी आईजीपी बन्ने निश्चितप्रायः रहेको बताईन्छ।

उनीसँगै डिआईजी तारिणी लम्साल पनि आईजीपीको आकांक्षीका रुपमा देखिएका छन्। उता अवकासँगै रिक्त रहेको विभिन्न पदमा बढुवाको लागि लागेका प्रहरी अधिकारीहरु बढुवाको प्रकृया शुरु नहुँदा तनावमा परेका छन्।

प्रकाशित: Feb 06, 2020| 19:42 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।