दार्चुला - दार्चुलामा जिपको ठक्करले बालकको मृत्यु भएपछि गोकुलेश्वर-विटुले-पारिबगर सडकखण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको नायलमा जिपको ठक्करबाट सोही ठाउँका ५ वर्षीय बालक महेश्वर महरको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका हुन्।
शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरबाट कर्कले जाँदै गरेको बा१३च २०४१ नम्बरको स्कारपियोको ठक्करबाट महरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए।
पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै सडक बालकको शवसमेत उठाउन दिएका छैनन्। जिप चालक बर्दियाका २६ वर्षीय शेरबहादुर पुन मगर र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।