शनिबार, वैशाख ८, २०८१

अख्तियार सरकारको लाचार छाया भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको आरोप लगाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले यस्तो आरोप लगाएकी हुन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको आरोप लगाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले यस्तो आरोप लगाएकी हुन्।

triton college

हिजोमात्रै अख्तियारले कांग्रेसका उपसभापति तथा सांसद विजयकुमार गच्छदारसहितलाई मुद्दा हालेपछि कांग्रेस आक्रोशित छ। बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद–बिक्री प्रकरणमा गच्छदार मुछिएका हुन्। त्यतिबेला उनी भौतिक योजना तथा निर्माण मन्त्री थिए ।

संसद बैठकमा सचेतक भुषालले प्रमुख प्रतिपक्षी दलको नेतालाई राजनीतिक प्रतिशोधको आधारमा मुद्दा दायर गर्न मिल्छ ? भन्दै प्रश्न गरिन् । ‘आयोग सरकारको लाचार छाया भयो । तटस्थ भनिएको आयोगले सरकारको राजनीतिक पूर्वाग्रहमा प्रभावमा परेर मुद्दा दायर गरेको छ । यो लोकतान्त्रिक भएन । प्रतिपक्षीको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनिन् ।

उता, राष्ट्रिय सभामा पनि कांग्रेस सांसदहरूले अख्तियारकाे कदमकाे विराेध गरेका छन्। सांसद बद्री पाण्डेले भेदभावपूर्ण रूपमा मुद्दा चलाइएकाे भन्दै मुद्दा फिर्ता लिन माग गरे। 

प्रकाशित: Feb 06, 2020| 13:16 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।